+
+
Shares

संघ शिक्षा वर्गको समापन, भोलि दीक्षान्त

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २३ गते १३:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हिन्दू स्वयंसेवक संघ नेपालद्वारा काभ्रेको धुलिखेलमा आयोजित १५ दिने ‘संघ शिक्षा वर्ग–२०८३’ सम्पन्न भएको छ ।
  • समापन समारोहका प्रमुख अतिथि एवं पूर्व प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलले प्रशिक्षित स्वयंसेवकहरूलाई सिकेको ज्ञान व्यवहारमा उतार्न आह्वान गरे ।
  • संघका राष्ट्रिय प्रचारक वेद प्रकाशले संस्कारित युवाहरूले सेवाका माध्यमबाट समाजलाई संगठित गर्ने अपेक्षा हिन्दू समाजले राखेको बताए ।

२३ जेठ, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा आयोजित १५ दिने ‘संघ शिक्षा वर्ग–२०८३’ सम्पन्न भएको छ ।

गत जेठ ९ गतेदेखि चलेको प्रशक्षिण वर्गमा देशभरिबाट स्वयंसेवक कार्यकर्ताहरूको उत्साहजनक सहभागिता थियो ।

संस्कार, अनुशासन र राष्ट्रभक्तिको भावना जागृत गराउने उद्देश्यका साथ सञ्चालित यस १५ दिने विशेष प्रशिक्षणले सहभागी स्वयंसेवकहरूमा नयाँ ऊर्जा थपेको विश्वास संघले गरेको छ ।

समापन समारोहका प्रमुख अतिथि एवं पूर्व प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलले वर्गबाट प्रशिक्षित विद्यार्थीहरूलाई आफूले लिएको ज्ञानलाई मन, वचन र कर्मले व्यवहारमा उतार्न आह्वान गरे ।

व्यक्ति, समाज र राष्ट्र धर्मनिरपेक्ष हुननसक्ने, सबैले आफ्नो धर्म निर्वाह गर्नैपर्ने, धर्मबाट च्युत हुन नहुने अच्युतकृष्ण खरेलले बताए ।

यसैगरी, समारोहको प्रमुख वक्ताका रूपमा हिन्दू स्वयंसेवक संघ नेपालका राष्ट्रिय प्रचारक वेद प्रकाशले संस्कारित युवाहरूले सेवाका माध्यमबाट समाजलाई संगठित गर्नेछन् भन्ने अपेक्षा हिन्दू समाजले राखेको उल्लेख गरे । सोही अपेक्षालाई पूरा गर्न तत्परताका साथ लागिपरेको उनले बताए ।

धुलिखेलस्थित सञ्जीवनी माध्यमिक विद्यालयमा शनिवार आयोजित उक्त समापन समारोहको अध्यक्षता वरिष्ठ समाजसेवी तथा संघ शिक्षा वर्गका माननीय सर्वाधिकारी बसन्त कुमार श्रेष्ठले गरेका थिए ।

समापन कार्यक्रमको आरम्भमा शिक्षार्थीहरूले आफूले सिकेको घोष, नियुद्ध, दण्ड, योग आदि कौशल प्रदर्शन गरेका थिए।

१५ दिनसम्म सञ्चालित यस वर्ग अन्तर्गत जेठ १६ गते धुलिखेल नगरका आमाहरूको हातबाट ‘मातृभोजन’ ग्रहण गरिएको थियो भने जेठ २० गते पारम्परिक घोष (बाजा) को तालमा धुलिखेल नगरको परिक्रमा गर्दै आकर्षक पथसञ्चलन समेत आयोजना गरिएको थियो ।

आजको औपचारिक समापन पश्चात् भोलि जेठ २४ गते बिहान दीक्षान्त समारोह आयोजना गरी प्रशिक्षण वर्ग पूर्ण रूपमा सम्पन्न हुनेछ ।

यो बृहत् कार्यक्रमलाई व्यवस्थित रूपमा सम्पन्न गर्न माकजु समाज कल्याण संघका महासचिव चुनियालाल माकजु श्रेष्ठले वर्ग संयोजकको भूमिका निर्वाह गरेका थिए ।

साथै, धुलिखेल समाज नेपालका महासचिव एवं माकजु समाज कल्याण संघका उपाध्यक्ष गयानाथ माकजु श्रेष्ठले यस संघ शिक्षा वर्गको प्रमुख संरक्षकका रूपमा विशेष योगदान पुर्‍याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?