+
+
Shares

बबरमहलको आकासे पुल यसै हप्तादेखि सञ्चालनमा आउने

रासस रासस
२०८३ कात्तिक ९ गते १२:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको बबरमहलस्थित निर्माणाधीन आकासे पुल यसै हप्ताभित्र पैदलयात्रुका लागि सञ्चालनमा ल्याउने तयारी छ।
  • सडक डिभिजन कार्यालय काठमाडौंका अनुसार भौतिक प्रगति अन्तिम चरणमा पुगेकाले पुल केही दिनभित्रै सर्वसाधारणका लागि खुला गरिनेछ।
  • सवारीसाधनको चाप र पैदलयात्रुको बाक्लो आवागमनलाई मध्यनजर गर्दै निर्माण गरिएको यो पुलले सडक पार गर्न सजिलो र दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा छ।

९ कात्तिक, काठमाडौं । काठमाडौंको बबरमहलस्थित निर्माणाधीन आकासे पुल यसै हप्ताभित्र सञ्चालनमा आउने भएको छ ।

सवारीसाधनको चाप र पैदलयात्रुको बाक्लो आवागमनलाई मध्यनजर गर्दै आकासे पुल निर्माण गरिएको हो ।

पुल निर्माण भएसँगै पैदलयात्रुले सुरक्षित रूपमा सडक पार गर्न सजिलो हुनुका साथै सडक दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

सडक डिभिजन कार्यालय, काठमाडौँका अनुसार पुल निर्माणको भौतिक प्रगति अन्तिम चरणमा पुगेकाले केही दिनभित्रै सर्वसाधारणका लागि खुला गर्ने तयारी भइरहेको बताइन्छ ।

२०८२ साल फागुन २१ गते निर्माण सम्झौता भई पुल निर्माण सुरु भएको थियो । पुल यसै हप्ता भित्रै पैदलयात्रुका लागि सञ्चालनमा ल्याउने तयारी गरिएको सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख सुबोध देवकोटाले बताए ।

उक्त पुल निर्माणका लागि दुई करोड ५२ लाख ४५ हजार ९५३ रुपैयाँ लागत निर्धारण गरिएको थियो । पुल निर्माणको जिम्मेवारी हेटौंडास्थित हाइटेक इन्जिनियरिङ वर्क्स प्रालिले पाएको सडक डिभिजन कार्यालय काठमाडौंले जनाएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?