+
+
Shares

इतर पक्षको राष्ट्रिय भेलामा देउवा– इतिहासबाट पाठ सिकेमात्रै सही बाटो पहिल्याउन सकिन्छ

‘हामीले हाम्रो इतिहासबाट पाठ सिकेर गन्तव्य पहिल्याउन सके मात्रै सही बाटो पहिल्याउन सकिन्छ’, देउवाले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २९ गते १९:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले इतिहासबाट पाठ सिकेर गन्तव्य पहिल्याउन सकेमात्र सही बाटो तय गर्न सकिने बताउनुभयो ।
  • देउवाले देश संवेदनशील अवस्थामा रहेको भन्दै समाजमा देखिएको निराशालाई आशामा बदल्ने दायित्व कांग्रेसको काँधमा रहेको उल्लेख गर्नुभयो ।
  • उहाँले नेपाली कांग्रेसका नेताहरूलाई सजक रहेर राष्ट्रिय एकता कायम गर्दै लोकतन्त्र सुदृढ गर्न भूमिका खेल्न आग्रह गर्नुभयो ।

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले इतिहासबाट पाठ सिकेर गन्तव्य पहिल्याउन सके मात्रै सही बाटो पहिल्याउन सकिने बताएका छन् ।

शुक्रबारबाट शुरु भएको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘हामीले हाम्रो इतिहासबाट पाठ सिकेर गन्तव्य पहिल्याउन सके मात्रै सही बाटो पहिल्याउन सकिन्छ’, देउवाले भने ।

अहिले देश संवेदनशील अवस्थामा रहेको भन्दै समाजका निराशालाई आशामा बदल्नुपर्ने दायित्व कांग्रेसले लिनुपर्ने बताए ।

‘संवेदनशील अवस्थामा नेपाली कांग्रेसका सबै साथीहरूले सजक भएर राष्ट्रिय एकता कायम गर्न लोकतन्त्रलाई सुदृढ गर्ने भूमिका खेल्नुपर्ने हुन्छ’ उनले भने, ‘समाजमा अहिले पनि निराशा देखिएको छ । निराशालाई आशामा बदल्नुपर्ने हुन्छ । यो दायित्व पनि नेपाली कांग्रेसले लिनुपर्ने हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?