News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको इतर पक्षद्वारा काठमाडौंमा आयोजित राष्ट्रिय भेलामा पूर्वसभापति शेरबहादुर देउवा सहभागी हुनुभएको छ ।
- डा शशांक कोइरालाको अध्यक्षतामा सुरु भएको उक्त भेलामा विशेष महाधिवेशनको विपक्षमा रहेका नेता तथा कार्यकर्ताहरूको उपस्थिति छ ।
- स्वास्थ्य उपचारका लागि सिंगापुर र हङकङ जानुभएका देउवा हिजो मात्रै नेपाल फर्कनुभएको हो ।
२९ साउन, काठमाडौं । नेपाली कांग्रेसको इतर पक्षले आयोजना गरेको राष्ट्रिय भेलामा सहभागी हुन पूर्वसभापति शेरबहादुर देउवा पुगेका छन् । उनी हिजोमात्रै नेपाल फर्किएका थिए ।
जेनजी आन्दोलनका क्रममा भएको आक्रमणमा परी घाइते भएका पूर्वसभापति देउवा १३ फागुनको राति सिंगापुर एयरलाइन्सको उडानबाट सिंगापुर गएका थिए ।
उनी ७ चैत २०८२ मा सिंगापुरबाट थप उपचारका लागि भन्दै हङकङ पुगेका थिए । हिजो काठमाडौं आएका देउवा आज आयोजित इतर समूहको राष्ट्रिय भेलामा सहभागी भएका हुन् ।
राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा शशांक कोइरालाको अध्यक्षतामा सुरु भएको हो ।
भेलामा गत माघमा सम्पन्न कांग्रेसको विशेष महाधिवेशनको विपक्षमा रहेका देउवा तथा डा शशांक कोइराला समूहका नेता–कार्यकर्ताको उपस्थिति छ ।
भेला मिराकल पार्टी प्यालेस काठमाडौंमा भएको हो ।






यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4