News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको संस्थापन इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय भेला आयोजना गरेको छ ।
- स्वास्थ्य उपचारका लागि पाँच महिना विदेशमा रहेका निवर्तमान सभापति शेरबहादुर देउवाले बिहान ११:३० बजे हुने उक्त भेलालाई सम्बोधन गर्नेछन् ।
- पाँच हजार नेता–कार्यकर्ताको सहभागिता रहने अनुमान गरिएको भेलाको बन्दसत्र साउन ३० र ३१ गते सञ्चालन हुनेछ ।
२९ साउन, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आज काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्दैछ ।
सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा बिहान ११:३० बजे हुने राष्ट्रिय भेलालाई निवर्तमान सभापति शेरबहादुर देउवाले प्रमुख अतिथिको रुपमा सम्बोधन गर्ने कार्यक्रम छ ।
स्वास्थ्य उपचारका लागि पाँच महिना विदेश बसेका देउवा साउन २८ गते दिउँसो काठमाडौं फर्किएका थिए । उनलाई कांग्रेस नेता–कार्यकर्ताहरुले भव्य स्वागत गरेका थिए ।
कांग्रेस इतर समूहको प्रचार–प्रसार समिति संयोजक मीन विश्वकर्माका अनुसार भेलाको बन्दसत्र साउन ३० र ३१ गते हुने छ । बन्दसत्रमा विभिन्न विषयगत छलफल हुने नयाँ नीति तथा कार्यक्रम तय हुने नेताहरुले बताएका छन् । भेलामा पाँच हजार नेता–कार्यकर्ताहरूको उपस्थिति हुने अनुमान इतर समूहले गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4