+
+
Shares

विमानस्थलबाट सोझै इतर समूहको सम्पर्क कार्यालय पुगे देउवा

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २८ गते १५:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा हङकङबाट स्वास्थ्य उपचार गरी २८ साउनमा स्वदेश फर्किएका छन् ।
  • स्वदेश फर्किएलगत्तै देउवा चुनदेवीस्थित संस्थापन इतर समूहको सम्पर्क कार्यालयमा पुगेर कार्यकर्ताहरूलाई सम्बोधन गरेका छन् ।
  • उनी भोलि शुक्रबार सुकेधारामा आयोजना हुने इतर समूहको राष्ट्रिय भेलामा सहभागी हुने प्रचार–प्रसार समिति संयोजक मीन विश्वकर्माले बताएका छन् ।

२८ साउन, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन इतर समूहको सम्पर्क कार्यालय गएका छन् । हङकङबाट स्वदेश फर्किएलगत्तै उनी चुनदेवीस्थित सम्पर्क कार्यालय पुगेका हुन् ।

नेता–कार्यकर्ता र सकमर्थकहरूको नाराबाजीका बीच सुरक्षाकर्मीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट स्कर्टिङ गरेर उनलाई चुनदेवी पुर्‍याएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवा बिहीबार थाई एयरको विमानमार्फत करिब साढे १२ बजे स्वदेश फर्किएका थिए ।

उनलाई चुनदेवीस्थित सम्पर्क कार्यालयमा नेता कार्यकर्ताले स्वागत गरे । सो क्रममा उनले केहीबेर सम्बोधन पनि गरेका थिए ।

जेनजी आन्दोलनका क्रममा भएको सांघातिक आक्रमणमा परी घाइते भएका पूर्वसभापति देउवा १३ फागुनको राति सिंगापुर एयरलाइन्सको उडानबाट सिंगापुर गएका थिए । उनी ७ चैत २०८२ मा सिंगापुरबाट थप उपचारका लागि भन्दै हङकङ पुगेका थिए ।

देउवा भोलि (शुक्रबार) सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा आयोजना हुने इतर समूहको राष्ट्रिय भेलामा सहभागी हुने छन् ।

इतर समूहको प्रचार–प्रसार समिति संयोजक मीन विश्वकर्माले भेलाको उद्घाटन समारोह शुक्रबार दिउँसो १ बजे सुरु हुने पनि बताएका छन् ।

तीन दिनसम्मे चल्ने भनिएको राष्ट्रिय भेलामा पाँच हजार नेता–कार्यकर्ताहरूको उपस्थिति हुने अनुमान इतर समूहले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?