+
+
Shares

सर्वोच्च अदालतबाट न्याय पाउनेमा विश्वस्त छौं : शेरबहादुर देउवा

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २९ गते २०:०२

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकता विवादमा सर्वोच्च अदालतबाट न्याय पाउने कुरामा आफू विश्वस्त रहेको बताएका छन् ।

शुक्रबारबाट सुरु भएको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो विश्वास व्यक्त गरेका हुन् ।

‘अहिले लामो इतिहास बोकेको नेपाली कांग्रेस पार्टीभित्र चरम विवाद बढेको छ । विशेष महाधिवेशनको नाममा पार्टीलाई कमजोर बनाउनेगरी विधि, विधान र पद्धति मिच्ने काम भएको छ,’ देउवाले भने, ‘यो विषय सर्वोच्च अदालतबाट पुनरावलोकनको अवस्थामा रहेकाले थप टिप्पणी गर्न चाहन्नँ । तर सर्वोच्च अदालतबाट हामीलाई न्याय हुने कुरामा म पूर्ण विश्वस्त छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?