+
+
Shares

८ घण्टापछि मुग्लिन-काठमाडौं सडक सञ्चालनमा

८ घण्टा लगाएर पहिरो पन्छाएसँगै आइतबार बिहान सवा ६ बजेपछि सडक सञ्चालनमा आएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ३१ गते ६:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चितवनको इच्छाकामना गाउँपालिका-५ सिमलधारामा गएराति खसेको सुक्खा पहिरो पन्छाएपछि मुग्लिन-काठमाडौं सडक खण्ड आज बिहान सवा ६ बजेदेखि सञ्चालनमा आएको छ ।
  • गएराति १०:२५ बजे सडकमाथिबाट रुखसहित खसेको पहिरोका कारण करिब ८ घण्टासम्म यातायात पूर्ण रूपमा अवरुद्ध बनेको थियो ।
  • सडक अवरोध हटाउन ५ वटा उपकरणको प्रयोग गरिएको र अहिले अवस्था सामान्य रहेको चितवन प्रहरीले जनाएको छ ।

३१ साउन, काठमाडौं । मुग्लिन-काठमाडौं सडक दुईतर्फी सञ्चालनमा आएको छ । ८ घण्टा लगाएर पहिरो पन्छाएसँगै आइतबार बिहान सवा ६ बजेपछि सडक सञ्चालनमा आएको हो ।

चितवनको इच्छाकामना गाउँपालिका-५ सिमलधारास्थित सडकमा गएराति १०:२५ मा सुक्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध बनेको थियो ।

सडकमाथिबाट रुखसहितको सुक्खा पहिरो खस्दा अवरुद्ध बनेको सडक पन्छाउन ५ वटा उपकरण प्रयोग गरिएको थियो ।

पहिरो पन्छाइसँगै अहिले बिहान सवा ६ बजेदेखि सडक दुईतर्फी सञ्चालनमा आएको चितवन प्रहरीले जनाएको छ ।

पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइए पनि लामो समयदेखि सडक अवरुद्ध बनेका कारण राजमार्गका विभिन्न स्थानमा जाम भनेक कायमै रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?