+
+
Shares

काभ्रेको सेल्फीडाँडामा माइक्रोबस दुर्घटना, चालकसहित ३ जनाको उद्धार

झापाबाट काठमाडौं आउँदै गरेको माइक्रो बस सडकबाट अन्दाजी २०० मिटर तल खसेको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २ गते ६:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ सेल्फीडाँडामा बीपी राजमार्गमा माइक्रो बस दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।
  • झापाबाट काठमाडौं जाँदै गरेको बा ३ ख ८४५९ नम्बरको हायस माइक्रो बस राति करिब २ बजे सडकबाट अन्दाजी २०० मिटर तल खसेको प्रहरीले जनाएको छ।
  • दुर्घटनामा चालक लोकबहादुर सेन्चुरी, रिता आपागाई र उनका ९ वर्षीय छोरा रितिक घाइते भएका छन्।
  • नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले घाइतेलाई उद्धार गरेर धुलिखेल अस्पताल पुर्‍याएको छ।

२ कात्तिक, काभ्रेपलाञ्चोक । बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२, सेल्फीडाँडामा माइक्रो बस दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

झापाबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८४५९ नम्बरको हायस माइक्रो बस राति करिब २ बजे सडकबाट अन्दाजी २०० मिटर तल खसेको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार दुर्घटनामा चालक इलाम नगरपालिका ६ बस्ने ३७ वर्षीय लोक बहादुर सेन्चुरी, काभ्रेको भुम्लु –७ बस्ने २६ वर्षीया रिता आपागाई र उनका छोरा ९ वर्षीय रितिक घाइते भएको छन् ।

अस्थायी प्रहरी पोष्ट काभ्रेभञ्याङका प्रहरी सहायक निरीक्षक रामेश्वर पाण्डेका अनुसार गाडीमा सवार चालकसहित तीन जनालाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धार गरेर धुलिखेल अस्पतालमा उपचारका लागि ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?