+
+
Shares

टेनएक्स क्लबले पाँचौ ‘एनिभर्सरी’ मनाउँदै

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २३ गते १३:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • क्लब टेनएक्सले २८ गते अर्थात् अक्टोबर १४ मा पाँचौ वार्षिकोत्सव मनाउने भएको छ।
  • वार्षिकोत्सवमा आँचल द एमीकस र गेष्ट डिजेले कोयलले प्रस्तुति दिने भएकी छन्।
  • क्लबका सीईओ पौरख बस्न्यातले ठमेलको जिस्ट्रिटमा चार वर्षदेखि सञ्चालनमा रहेकाले क्लबले ५० भन्दा बढी कर्मचारीलाई काम दिएको बताएका छन्。

२३ असोज, काठमाडौं । क्लब ‘टेनएक्स’ले पाँचौ वार्षिकोत्सव मनाउने भएको छ । क्लबले २८ गते अर्थात् अक्टोबर १४ मा वार्षिकी मनाउन लागेको हो ।

वार्षिकोत्सवमा आँचल द एमीकस र गेष्ट डिजेले कोयलले प्रस्तुत दिने भएकी छन् । चार वर्षअघि ठमेलको जिस्ट्रिटमा सञ्चालनमा आएको क्लब टेनएक्सले ‘स्टेट अफ द आर्ट क्लबिङ’को सुरुवात गर्दै आएको कल्बका सिईओ पौरख बस्न्यातले बताएका छन् ।

‘पाँचौ वार्षिकी मनाउन पाइरहँदा खुसी लागेको छ । हामी टेन एक्सलाई नेपालकै उत्कृष्ट क्लवहरुमध्ये एक बनाउने प्रयास गरिरहेका छौँ,’ उनले भने,’ हामीले पार्टी गर्न चाहने गेष्टहरूको इच्छा पूरा गर्दै आएका छौँ ।’

चार वर्षअघि ठमेलको जिस्ट्रिटमा सञ्चालनमा आएको क्लब टेनएक्सले ‘स्टेट अफ द आर्ट क्लबिङ’को प्रस्तुती दिँदै आएको छ ।

‘चार वर्षको अवधिमा हामीले पार्टीको चाहना राख्नेहरूको इच्छा पूरा गर्दै आएका छौं,’ क्लबका सीईओ बस्न्यात भन्छन् । उनका अनुसार क्लबमा ५० भन्दा बढी कर्मचारी कार्यरत छन् ।

क्लब टेन एक्समा नेपालका चर्चित डिजे तथा गायक–गायिकाले प्रस्तुति दिएका थिए । गायक अनिल सिंह, कालीप्रसाद बास्कोटा र एकदेव लिम्बू जस्ता थुप्रै नेपालका कलाकारले आफ्नो प्रस्तुती दिइ सकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?