+
+
Shares

कानुन मन्त्री गौतमसँग फ्रान्सेली राजदूत इज्जाको भेट

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २३ गते २०:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कानुनमन्त्री सोबिता गौतमसँग फ्रान्सेली राजदूत फ्रान्स्वाज पुइग–इन्जाले शुक्रबार सिंहदरबारमा शिष्टाचार भेट गरेकी छिन् ।
  • राजदूत इन्जाले भोटेकोशी बाढीपीडितप्रति समवेदना व्यक्त गर्दै फ्रान्सबाट मानवीय सहायता प्रदान गरेको बताइन् ।
  • भेटमा पारस्परिक कानूनी सहायता, हवाई सेवा विधेयक र द्विपक्षीय सहयोग सुदृढ गर्ने विषयमा छलफल भएको सचिवालयले जनाएको छ ।

२३ असोज, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत फ्रान्स्वाज पुइग–इन्जाले शिष्टाचार भेट गरेकी छिन् ।

मन्त्री गौतमसँग शुक्रबार सिंहदरबारमा भएको भेटमा राजदूत इन्जाले भोटेकोशी बाढीबाट भएको क्षतिले मृत्यु भएका व्यक्तिहरू प्रति समवेदना व्यक्त गर्दै फ्रान्सबाट मानवीय सहयता प्रदान गरेको र यस्तो विकराल अवस्थाले अन्तर्राष्ट्रिय समुदायलाई जलवायु परिवर्तनको क्रुर रूप स्मरण गराएको बताइन् ।

जलवायु परिवर्तनको असर जहाँ जुनसुकै समयमा हुने हुँदा कानूनको राज्य, बहुपक्षीयवादमा विश्‍वास गर्ने राज्यहरूले आफ्‍नो अन्तर्राष्ट्रिय दायित्व निर्वाह गर्ने तर्फ गम्भीर हुनुपर्ने विषय रहेको उनले बताइन् ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय पारस्परिक कानूनी सहायताको केन्द्र निकाय भएको हुँदा यस विषयमा दुई देश बिचको सहमति गर्नको लागि प्रकृया सक्दो चाँडो गर्न दुवै पक्षबीच छलफल भएको सचिवालयले जनाएको छ ।

त्यस्तै, नेपाल सरकारले नेपालको हवाई सेवालाई अन्तर्राष्ट्रिय मापदण्‍ड अनुसार सेवा प्रदायक र नियामक निकायका रूपमा दुई संरचना परिकल्पना गरी विधेयक दर्ता गरेको विषयमा छलफल भयो। राजदूत इन्जाले यसमार्फत  हवाई सुरक्षा कालो सूचिबाट हट्नको लागि नेपाल सरकारबाट भइरहेका प्रयासको प्रशंसा गरे ।

भेटमा दुवै पक्षले द्बिपक्षीय सहयोगलाई थप सुदृढ बनाउँदै आवश्यकता अनुसार समन्वयलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?