+
+
Shares

धान पाकेपछि सल्यानका फाँट पहेँलपुर (तस्वीरहरू)

सल्यानका फाँटहरू यतिबेला पाकेको धानले पहेँलपुर बनेका छन् ।

अमृतबाबु बुढाथोकी अमृतबाबु बुढाथोकी
२०८३ असोज २३ गते १३:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सल्यानका फाँटहरूमा पाकेको धानले पहेँलपुर बनेपछि किसानहरू खेतबारीमा व्यस्त देखिएका छन्।
  • कृषि कार्यालयका अनुसार सल्यानमा वार्षिक करिब ६ हजारदेखि ७ हजार हेक्टरमा धान खेती हुँदै आएको छ।
  • कार्यालयले पछिल्ला वर्षमा जिल्लामा २८ हजार मेट्रिक टनभन्दा बढी धान उत्पादन हुँदै आएको जनाएको छ।

२३ असोज, सल्यान । सल्यानका फाँटहरू यतिबेला पाकेको धानले पहेँलपुर बनेका छन् । केही महिनाअघि किसानले रोपेका धान पाकेर फाँट तथा गह्राहरू पहेँलै बनेपछि गाउँका खेतहरूमा मनमोहक दृश्य देखिन थालेको छ । धान पाके सँगै किसानहरू खेतबारीमा व्यस्त देखिन थालेका छन् ।

धान बाली सल्यान जिल्लाको प्रमुख खाद्यान्न बालीमध्ये एक हो । कृषि कार्यालयको तथ्यांकअनुसार जिल्लामा वार्षिक करिब ६ हजारदेखि ७ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । पछिल्ला वर्षहरूमा सल्यानमा करिब २८ हजार मेट्रिक टनभन्दा बढी धान उत्पादन हुँदै आएको कार्यालयले जनाएको छ ।

सिँचाइ सुविधा विस्तार, उन्नत बीउको प्रयोग र अनुकूल मौसम भए जिल्लामा धानको उत्पादन अझ बढाउन सकिने कृषि प्राविधिकहरू बताउँछन ।

जिल्लाको मर्मपरिकाँडा, वनगाड जिउला, गरी जिउला, रेशम जिउला, कालिमाटी रामपुर, काल्चे–काप्रेचौरलगायत क्षेत्रलाई जिल्लाका प्रमुख धान उत्पादन हुने क्षेत्रका रूपमा परिचित छन ।

यस वर्ष भने जिल्लाका अधिकांश क्षेत्रमा धान पाकेर खेतहरू पहेँलपुर बने पनि वनगाड जिउलाको दृश्य केही फरक छ । समयमा वर्षा नहुँदा वनगाड क्षेत्रमा धान रोपाइँ ढिला भएको थियो । जसका कारण जिल्लाका अन्य क्षेत्रमा धान पाकेर पहेँलै बनिसक्दा वनगाड जिउलाका खेतहरूमा भने अझै हरियाली छ ।

सल्यान हालसम्म खाद्यान्नमा आत्मनिर्भर जिल्लाका रूपमा रहेको छ । यहाँ उत्पादन हुने धानले जिल्लाको खाद्यान्न आवश्यकताको ठूलो हिस्सा धान्दै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?