+
+
Shares

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २७ गते ८:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक लगाएको छ।
  • एक महिलालाई धम्याउनुका साथै ब्ल्याक मेलिङ गरेको अडियो सार्वजनिक भएपछि रास्वपाले छानबिन अघि बढाएको छ।
  • महामन्त्री विपिन आचार्यले केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन गर्न निर्देशन दिइसकिएको बताएका छन्।

२७ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक लगाएको छ ।

एक महिलालाई धम्याउनुका साथै ब्ल्याक मेलिङ गरेको अडियो सार्वजनिक भएपछि रास्वपाले प्रेस विज्ञप्ति जारी गर्दै सुनारलाई सार्वजनिक कार्यक्रममा रोक लगाएको जानकारी दिएको हो ।

रास्वापाका महामन्त्री विपिन आचार्यले विज्ञप्ति जारी गर्दै अनुसन्धान आयोगलाई तत्काल छानबिन गर्न निर्देशन दिइसकेको जानकारी गराएका छन् ।

अनुसन्धान प्रक्रिया प्रभावित हुन नदिन छानबिनको अवधिभर सुनारलाई कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइएको विज्ञप्तिमा उल्लेख छ ।

‘यस विषयको सत्यतथ्य अन्वेषण गर्न पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अगाडि बढाउन निर्देशन दिइसकिएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘अनुसन्धान प्रक्रिया प्रभावित नहोस् र पदीय नैतिकता कायम रहोस् भन्नका खातिर, उक्त छानबिन निष्कर्षमा नपुग्दासम्मका लागि उहाँलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइन्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?