+
+
Shares

उपत्यकामा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ७ गते १४:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं उपत्यकामा गएको २४ घण्टामा सवारी नियम उल्लंघन गर्ने ३३६ सवारीसाधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।
  • मादक पदार्थ सेवन गरी सवारी चलाउने १०२, सिसी क्यामरामार्फत ३९ र रातो बत्तीमा चलाउने २० चालक कारबाहीमा परेका छन्।
  • तीव्र गतिमा सवारी चलाउने ५७, हर्न बजाउने आठ, लेन अनुशासन नमान्ने तीन र अन्य कसुरका १०५ सवारीसाधनलाई पनि कारबाही गरिएको छ।

७ कात्तिक, काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन सवारी नियम उल्लंघन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको २४ घण्टामा सवारी नियम उल्लघंन गर्ने ३३६ सवारीसाधन कारबाहीमा परेका छन् ।

कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने १०२, सिसी क्यामरामार्फत ३९, रातो बत्तीमा सवारीसाधन चलाउने २० चालकलाई कारबाही गरिएको जानकारी दिए ।

यस्तै, तीव्र गतिमा सवारीसाधन चलाउने ५७, हर्न बजाएर सवारीसाधन चलाउने आठ, लेन अनुशासन पालन नगर्ने तीन, अवस्था ठीक नभएको दुई र अन्य कसुरमा १०५ सवारीसाधनलाई कारबाही गरिएको कार्यालयले जनाएको छ ।

ट्राफिक प्रहरीले चाडपर्वको समयमा सवारी नियम उल्लंघन गरी सवारीसाधन चलाउने चालकमाथि कडा निगरानी तथा कारबाही गर्दै आएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?