News Summary
Generated by OK AI. Editorially reviewed.- धादिङस्थित बेनीघाटमा पहिरो खसेका कारण गएरातिदेखि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ ।
- वर्षाका कारधादिङ प्रहरीले पहिरो पन्छाउने काम जारी राखेको छ र सडक सुचारु नभएसम्म सवारी साधनलाई चल्न नदिने निर्णय गरेको छ ।
- बीपी राजमार्ग पनि लेदोसहितको पहिरो खसेपछि सञ्चालनमा आउन सकेको छैन ।
४ साउन, काठमाडौं । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनीघाट क्षेत्रमा पहिरो खसेकाले यातायात अवरुद्ध भएको छ ।
धादिङ प्रहरीका अनुसार पहिरोका कारण दुवैतर्फको यातायात अवरुद्ध छ ।
गएरातिको वर्षाले पृथ्वी राजमार्गका विभिन्न ठाउँमा साना–ठूला पहिरो खसेका थिए । साना पहिरो पन्छाइसकिएको छ भने बेनिघाट क्षेत्रको पहिरो पन्छाउने क्रम जारी छ ।
वर्षाका कारण जोखिम बढेपछि धादिङ प्रहरीले गएरातिदेखि नै यातायातका साधन सन्चालनमा रोक लगाएको थियो । पहिरो पन्छाइसकिएपछि सवारी साधन सन्चालन हुन दिने प्रहरीले जनाएको छ ।
त्यसैगरी बीपी राजमार्ग पनि लेदोसहितको पहिरोका कारण बन्द छ । यी दुईबाहेक अन्य प्रमुख सडक भने सञ्चालनमै रहेका प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4