News Summary
Generated by OK AI. Editorially reviewed.- स्याङ्जाको गल्याङ नगरपालिका–६ मा अविरल वर्षाका कारण गएको पहिरोमा पुरिएर ६५ वर्षीय धनबहादुर थापाको मृत्यु भएको छ ।
- गोठमा काम गरिरहेका बेला माथिबाट खसेको पहिरोमा पुरिँदा थापाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिनुभयो ।
- प्रहरीका अनुसार पहिरोले गोठ पूर्ण रूपमा क्षति भएको छ भने एक भैंसी मरेको र एउटा बंगुर घाइते भएको छ ।
३२ असार, स्याङ्जा । अविरल वर्षापछि आएको पहिरोमा पुरिँदा स्याङ्जामा एकजनाको मृत्यु भएको छ । पहिरोले गोठ पुरिँदा दुई चौपायामा समेत क्षति पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार बिहीबार बिहान गल्याङ नगरपालिका–६ बनपालेका ६५ वर्षीय धनबहादुर थापा आफ्नै गोठमा काम गरिरहेका बेला माथिबाट अचानक पहिरो खसेको थियो । ढुंगा-माटोले बनेको खरले छाएको एकतले कच्ची गोठमाथि पहिरो खस्दा थापा गोठसहित पुरिएका थिए ।
प्रहरी बिहान नै घटनास्थल पुगेपछि स्थानीयवासीसँग मिलेर पहिरो पन्छाउने काम सुरु गरेको थियो । उद्धारका क्रममा धनबहादुर थापा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए ।
पहिरोले गोठमा बाँधिएको एक भैंसी पनि मरेको छ । त्यस्तै एउटा बंगुर घाइते अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
लगातारको वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा पहिरोको जोखिम बढेकाले सतर्क रहन प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ ।
प्रतिक्रिया 4