News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंको गोकर्णेश्वरमा स्कुटर अनियन्त्रित भई पोलमा ठोक्किँदा सोलुखुम्बुका २९ वर्षीय निमादोर्जी शेर्पाको उपचारका क्रममा मृत्यु भएको छ ।
- ललितपुरको चापागाउँमा भएको छुट्टै गाडी दुर्घटनामा एक चालकको मृत्यु भएको छ भने घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।
- गत २४ घण्टामा काठमाडौं उपत्यकामा नौवटा सवारी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् र तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
१२ साउन, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–९ मा स्कुटर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोलुखुम्बुको लिखुपिके गाउँपालिकाका २९ वर्षीय निमादोर्जी शेर्पा रहेको उपत्यका ट्राफिक प्रहरी महाशाखा रामशाहपथ काठमाडौंले जनाएको छ ।
गएराति पौने १२ बजे स्कुटर आफैं अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएको थियो । उनको नेपाल मेकिडल कलेज अत्तरखेलमा उपचारको क्रममा राति पौने १ बजे मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी महाशाखा रामशाहपथका प्रहरी निरीक्षक किशोर सिंह ऐरीले जानकारी दिए ।
यसैगरी ललितपुरको चापागाउँमा एक गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । यस सम्बन्धी थप विवरण आउन बाँकी छ ।
गत २४ घण्टामा काठमाडौं उपत्यकामा ९ वटा सवारी दुर्घटना हुँदा १४ जना घाइते भएका र तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4