+
+
Shares

ठमेलमा ‘मार्लो होटल’ सञ्चालनमा

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २३ गते ११:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको पर्यटकीय क्षेत्र ठमेलमा करिब पाँच करोडको लगानीमा ‘मार्लो होटल’ सञ्चालनमा आएको छ।
  • होटलका निर्देशक अभी ढकालले भने, ‘पाहुनाको आवश्यकता र बजेटअनुसार फरक–फरक श्रेणीका कोठा उपलब्ध गराएका छौं।’
  • ३६ वटा कोठा रहेको उक्त होटलमा न्यूनतम तीन हजारदेखि अधिकतम १० हजार रुपैयाँसम्मको कोठा सेवा उपलब्ध छ।

२३ साउन, काठमाडौं । पर्यटकीय क्षेत्र ठमेलमा ‘मार्लो होटल’ सञ्चालनमा आएको छ।

करिब ५ करोडको लगानीमा निर्माण गरिएको होटलले पाहुनालाई स्वागत तथा सेवा गर्दै आइरहेको छ । होटलमा विभिन्न तहका गरेर ३६ वटा कोठा रहेका छन् ।

पाहुनाको आवश्यकता र बजेटअनुसार कोठाको सुविधा तथा मूल्य निर्धारण गरिएको होटलका निर्देशक अभी ढकालले जानकारी दिए ।

ढकालका अनुसार, मार्लो होटलमा स्ट्यान्डर्ड डबल रूमदेखि स्वीट अपार्टमेन्टसम्मका कोठा उपलब्ध छन् । होटलका कोठाको मूल्य न्यूनतम ३ हजार रुपैयाँदेखि अधिकतम १० हजार रुपैयाँसम्म रहेको छ ।

होटलमा स्ट्यान्डर्ड डबल रुम ६ वटा छन्, जसको मूल्य प्रतिरात ४ हजार रुपैयाँ तोकिएको छ । त्यस्तै, स्ट्यान्डर्ड ट्विन रुम ६ वटा रहेका छन् भने यसको मूल्य ४ हजार ५ सय रुपैयाँ रहेको छ ।

त्यसैगरी, डिलक्स फेमिली र डिलक्स थ्री–बेड गरी ६ वटा कोठा रहेका छन् । होटलमा प्रिमियर फेमिली रुम ६ वटा र प्रिमियर किङ रुम ६ वटा छन् । दुवै श्रेणीका कोठाको मूल्य प्रतिरात ६ हजार रुपैयाँ रहेको छ ।

होटलको विशेष आकर्षणका रूपमा स्वीट अपार्टमेन्ट समेत रहेको छ । ६ वटा स्वीट अपार्टमेन्ट रहेको होटलमा यसको मूल्य प्रतिरात १० हजार रुपैयाँ निर्धारण गरिएको छ ।

मार्लो होटलका कोठाहरू आकारका हिसाबले पनि फरक–फरक छन् । होटलमा करिब १८५ वर्गफिटदेखि ६ सय वर्गफिटसम्मका कोठा उपलब्ध रहेको निर्देशक ढकालले जानकारी दिए ।

ठूलो आकारका कोठा परिवार तथा लामो समय बस्ने पाहुनालाई लक्षित गरी तयार पारिएको ढकालको भनाइ छ।

होटलले विभिन्न प्रयोजनका लागि आउने स्वदेशी तथा विदेशी पाहुनालाई लक्षित गरेको छ। व्यवसायिक कामका लागि आउने, पारिवारिक भ्रमणमा रहेका तथा लामो समय बस्न चाहने पाहुनालाई एउटै होटलमा फरक–फरक श्रेणीको आवास सुविधा उपलब्ध गराउने उद्देश्य रहेको ढकाल बताउँछन्।

भारत, बंगलादेशी, चीन तथा एशियन मुलुक र युरोपेयियन एवम अमेरिकन सबै मुलुकका पर्यटकहरू होटलमा आउने गरेको उनले जानकारी दिए ।

होटल सञ्चालनका लागि हाल २५ जना कर्मचारी कार्यरत छन् । आतिथ्य सेवाको गुणस्तर कायम गर्दै पाहुनालाई सहज र आरामदायी वातावरण प्रदान गरिरहेको उनी बताउँछन् ।

करिब ५ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको होटलले आवासीय सुविधासँगै पर्यटन तथा आतिथ्य क्षेत्रको बढ्दो मागलाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ ।

‘पाहुनाको आवश्यकता र बजेटअनुसार फरक–फरक श्रेणीका कोठा उपलब्ध गराएका छौं । गुणस्तरीय सेवा र आरामदायी वातावरणमार्फत पाहुनाको रोजाइको होटल बन्ने हाम्रो लक्ष्य हो,’ निर्देशक अभि ढकाल भन्छन् ।

मार्लो होटलले फरक मूल्य र सुविधाका कोठामार्फत बजेटदेखि प्रिमियम वर्गसम्मका पाहुनालाई समेट्ने प्रयास गरेको छ ।

३६ कोठा, विभिन्न तहका आवास सुविधा र २५ जना कर्मचारी भएको होटलले पाहुनाको सेवा गरेर आफ्नो पहिचान स्थापित गर्ने लक्ष्य राखेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?