News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंको ठमेलस्थित होटल एसीईबाट भिजिट भिसाको नियम विपरीत गतिविधि गरेको आरोपमा १५ बंगलादेशी नागरिक पक्राउ परेका छन् ।
- पक्राउ परेकाहरूले विदेशी महिला तथा मोडलहरूको नक्कली फेसबुक खाता बनाएर अवैध गतिविधि सञ्चालन गर्ने गरेको प्रहरीले जनाएको छ ।
- काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आवश्यक कारबाहीका लागि उनीहरूलाई अध्यागमन विभाग कालिकास्थानमा बुझाएको छ ।
१८ जेठ, काठमाडौं । ठमेलबाट १५ बंगलादेशी नागरिक पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले १५ जनालाई पक्राउ गरेको हो । भिजिट भिसामा नेपाल आई भिसा उद्देश्य विपरीतका गतिविधि गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।
उनीहरुलाई ठमेलको होटल एसीईको चौथो, पाँचौं र छैटौ तलाबाट पक्राउ गरिएको हो । उनीहरुले उक्त रुमहरु भाडामा लिएरु विदेशी मोडल तथा युवतीहरुको फेक फेसबुक अकाउन्ट बनाइ कुराकानी गर्दै अवैध गतिविधि गरेको प्रहरीले बताएको छ ।
पक्राउ परेकाहरुलाई अध्यागमन विभाग कालिकास्थानमा बुझाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4