+
+
Shares

ठमेलबाट समातिएका २० विदेशी महिला १ वर्ष नेपाल आउन नपाउने गरी डिपोर्ट

ठमेलबाट पक्राउ परेका २० विदेशी महिला एक वर्ष नेपाल आउन नपाउने गरी डिपोर्ट भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ४ गते १६:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ठमेलबाट पक्राउ परेका २० युगाण्डाका महिलालाई एक वर्ष नेपाल आउन नपाउने गरी डिपोर्ट गरिएको छ।
  • यी महिलाहरुले अनैतिक क्रियाकलाप र यौनधन्दामा संलग्न भएको आरोपमा प्रहरीले मुद्दा चलाएको छ।
  • जिल्ला प्रशासन कार्यालयले अभद्रको कसुरमा १० हजार धरौटीमा रिहा गरेपछि अध्यागमन विभागले डिपोर्ट गरेको हो।

४ वैशाख, काठमाडौं । ठमेलबाट पक्राउ परेका २० विदेशी महिला एक वर्ष नेपाल आउन नपाउने गरी डिपोर्ट भएका छन् ।

ठमेल क्षेत्रमा अनैतिक क्रियाकलाप तथा अभद्र व्यवहार गर्ने र यौनधन्दामा लागेको आरोपमा २० जना युगाण्डाका महिला पक्राउ परेका थिए । ११ चैमा समातिएका उनीहरुलाई अभद्रको कसुरमा प्रहरी वृत्त सोह्रखुट्टेबाट मुद्दा चलाइएको थियो ।

अभद्रको कसुरमा जिल्ला प्रशासन कार्यालयले उनीहरुलाई १० हजार धरौटीमा रिहा गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।

प्रशासनको आदेशपछि छुटेका उनीहरुलाई अध्यागन विभाग बुझाइएको थियो । अध्यागमनले एक वर्ष नेपाल आउन नपाउने गरी डिपोर्ट गरेको हो ।

युगाण्डाका यी महिलाहरु काठमाडौं महानगरपालिका–२६ फायरचोकस्थित सडकखण्डबाट पक्राउ परेका थिए ।

बाटो हिंड्ने विदेशी तथा स्वदेशी पर्यटक, सर्वसाधरण पुरुषहरूलाई अनावश्यक रुपमा बाटो छेकी अश्लिल क्रियाकलाप सम्बन्धी मोलमोलाइ गरी दु:ख दिइरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको थियो ।

यसअघि पनि यौनधन्दामा लागेको आरोपमा ठमेलबाटै युगाण्डाका महिला पक्राउ परेका थियो । ती महिलाहरुलाई पनि मुद्दा चलाएर डिपोर्ट गरिएको थियो । अहिले फेरि त्यस्तै शैलीमा २० जनाको महिला देखा परेकाले एक वर्ष नेपाल आउन नमिल्ने गरी डिपोर्ट गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?