+
+
Shares

ठमेलमा अनैतिक क्रियाकलापमा संलग्न २० विदेशी महिला पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ११ गते १३:२१
ठमेल (फाइल तस्वीर)

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको ठमेलबाट २० जना युगान्डाका विदेशी महिलाहरू अनैतिक क्रियाकलापमा संलग्न भएको आरोपमा पक्राउ परेका छन्।
  • पक्राउ परेका महिलाहरूलाई काठमाडौं महानगरपालिका–२६ फायरचोकस्थित सडकखण्डबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसरका एसपी पवन भट्टराईले बताए।
  • उनीहरूलाई जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट १२ दिनको म्याद थप अनुमति लिएर आवश्यक अनुसन्धान भइरहेको छ।

११ चैत, काठमाडौं । काठमाडौंको ठमेलबाट २० जना विदेशी महिलाहरू पक्राउ परेका छन् ।

ठमेल क्षेत्रमा अनैतिक क्रियाकलाप तथा अभद्र व्यवहार गर्ने २० जना युगान्डाका महिलाहरू पक्राउ परेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए ।

उनका अनुसार, ती महिलाहरूलाई काठमाडौं महानगरपालिका–२६ फायरचोकस्थित सडकखण्डबाट पक्राउ गरिएको हो ।

बाटो हिंड्ने विदेशी तथा स्वदेशी पर्यटक, सर्वसाधरण पुरुषहरूलाई अनावश्यक रुपमा बाटो छेकी अश्लिल क्रियाकलाप सम्बन्धी मोलमोलाइ गरी दु:ख दिइरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उनीहरूलाई जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट १२ दिनको म्याद थप अनुमति लिइ आवश्यक अनुसन्धान भइरहेको एसपी भट्टराईले जानकारी दिए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?