+
+
Shares

ठमेलबाट ९ विदेशी महिला पक्राउ, यौनधन्दामा लागेको आरोप

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ७ गते १६:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ठमेलबाट प्रहरीले भियतनाम, बंगलादेश र युगाण्डाका ९ विदेशी महिलालाई यौन क्रियाकलापमा संलग्न भएको आरोपमा पक्राउ गरेको छ।
  • पक्राउ परेकाहरूले स्वदेशी तथा विदेशी पर्यटकलाई बाटो छेक्ने र अश्लिल हर्कत गर्ने गरेको प्रहरी वृत्त लैनचौरले जनाएको छ।
  • यसअघि पनि ठमेलबाट युगाण्डाका २० महिला यौन गतिविधिमा संलग्न भएर पक्राउ परेका थिए र अध्यागमनले डिपोट गरेको थियो।

७ जेठ, काठमाडौं । ठमेलबाट ९ विदेशी महिला पक्राउ परेका छन् । प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले टोलीले विभिन्न तीन देशका ९ विदेशी महिलालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाका अनुसार पक्राउ पर्नेहरू भियतनाम, बंगलादेश र युगाण्डाका महिलाहरू छन् । उनीहरूले स्वदेशी तथा विदेशी पर्यटकहरूलाई बाटो छेक्ने, अश्लिल हर्कत गर्ने, यौन क्रियाकलापका लागि मोलमलाई गर्ने गरेको प्रहरीले बताएको छ ।

सर्वसाधारण तथा पर्यटकलाई दुख हैरानी दिएको जानकारी आएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । प्रहरी वृत्त लैनचौरमा राखेर उनीहरूमाथि अनुसन्धान अघि बढाइएको छ ।

यसअघि पनि ठमेल क्षेत्रबाट २० जना युगाण्डाका महिला पक्राउ परेका  थिए । उनीहरू पनि यस्तै यौन गतिविधिमा लागेको पाइएको थियो । जनही १० हजारमा छुटेका उनीहरूलाई अध्यागमनले डिपोट गरेको थियो ।

त्यो भन्दा अघि पनि ठूलो संख्यामा ठमेल क्षेत्रबाट युगाण्डाका महिला पक्राउ परेका थिए । पछिल्लो समय युगाण्डाका टुरिष्ट भिसामा नेपाल आएर यौन गतिविधिमा लाग्ने गरेको पक्राउ परेकाहरूको विवरणले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?