0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

रास्वपा बागमती प्रदेशको नेतृत्वमा चार जनाको उम्मेदवारी

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २७ गते ९:०२

२६ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको प्रथम अधिवेशनमा चार जनाले नेतृत्व दाबी गरेका छन् । हेटौंडामा मंगलबारबाट सुरू अधिवेशनमा चार जनाले सभापति पदमा उम्मेदवारी दर्ता गरेका हुन् ।

सभापतिका लागि डा. अच्युतम लामिछाने (काठमाडौं), हरिबहादुर खत्री (रामेछाप), कृष्णमान श्रेष्ठ (काठमाडौं) र उत्सव अर्याल (मकवानपुर)ले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जानकारी दिएको छ ।

लामिछाने प्रतिनिधिसभा सदस्यसमेत हुन् । लामिछाने यसअघि पनि प्रदेश समितिको सभापति थिए । मकवानपुरका अर्याल प्रदेश समितिको प्रवक्ताको जिम्मेवारी थिए । निर्वाचन कार्यतालिका अनुसार मंगलबार नै मतदान प्रक्रियाबाट समिति चयन हुने कार्यतालिका थियो ।

मंगलबार राति ढिलासम्म उम्मेदवारको अन्तिम नामावली टुंगिएकाले निर्वाचन प्रक्रिया लम्बिएको निर्वाचन समिति संयोजक सुमित्रा पण्डितले जानकारी दिइन् । उनका अनुसार समिति चयनका सम्बन्धमा अहिले अधिवेशन स्थलमा छलफल भइरहेको छ ।

प्रदेश अधिवेशन कार्यविधि-२०८३ अनुसार रास्वपा बागमती प्रदेशको ६५ सदस्यीय समिति गठन हुनेछ । समितिमा एक सभापति, एक उपसभापति, एक महामन्त्री, दुई सहमहामन्त्री, एक कोषाध्यक्ष र एक प्रवक्ता र बाँकी सदस्य रहने व्यवस्था छ ।

कार्यविधिले सहमहामन्त्रीमध्ये एक महिला र एक पुरुष अनिवार्य गरेको छ । समिति चयनका लागि दुई चरणमा निर्वाचन हुने व्यवस्था छ । पहिलो चरणमा सभापति र प्रदेश सदस्यहरूको र दोस्रो चरणमा निर्वाचित सदस्यहरूमध्येबाट पदाधिकारी चयन गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?