0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

रास्वपा बागमती प्रदेशको निर्वाचन प्रक्रिया स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २७ गते १२:१०

२७ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको निर्वाचन प्रक्रिया स्थगित भएको छ ।

निर्वाचन समिति संयोजक सुमित्रा पण्डितले हाललाई निर्वाचन कार्यक्रम स्थगित गरिएको जानकारी दिइन् ।

निर्वाचन कार्यक्रम स्थगित भएपछि अधिवेशनस्थल सुनसान भएको छ ।

मतदाता नामावलीमा विवाद उत्पन्न भएपछि निर्वाचन स्थगित गरिएको हो । २४ घण्टाभित्र अर्को सूचना  जारी गरिने संयोजक पण्डितले जानकारी दिइन् ।

निर्वाचन समितिले मंगलबार अव्यवस्थित रूपमा हस्तलिखित मतदाता नामावली प्रकाशन गरेकाे थियाे । मंगलबार नै मतदाता नामावली प्रकाशनमा प्रश्न उठे पनि निर्वाचन समितिले उम्मेदवारी दर्ता प्रक्रिया अगाडि बढाएकाे थियाे ।

प्रहरीले अधिवेशनमा आएका प्रतिनिधिहरूलाई `तपाईंहरूकाे नेताहरू नै यहाँ हुनुहुन्न, जानुस´ भनेर अधिवेशनस्थल खाली गराइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?