+
+
Shares

असोजमा मकवानपुरमा ५२ सवारी दुर्घटना, ६ जनाको मृत्युु

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ७ गते १३:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मकवानपुरमा असोज महिनामा ५२ वटा सवारी दुर्घटना भएका छन् ।
  • दुर्घटनामा ६ जनाको मृत्यु र ७८ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।
  • दुर्घटनामा प्रहरीद्वारा ५० जनाको उद्धार गरिएको छ र ८५५ कारबाहीबाट रु ८ लाख ५५ हजार ५०० राजस्व दाखिला भएको प्रहरीले जनाएको छ ।

७ कात्तिक, बागमती । मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना भएका छन् ।

यस अवधिमा दुर्घटनाबाट छ जनाको मृत्युु हुनाका साथै ७८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

दुर्घटनामा प्रहरीद्वारा ५० जनाको उद्धार गरिएको छ । यस अवधिमा सवारी दुुर्घटनातर्फ कूल ८५५ कारबाही भएकोमा रु आठ लाख ५५ हजार ५०० राजस्व दाखिला भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?