+
+
Shares

मकवानपुरको इन्द्रसरोवरमा ईभी गाडी दुर्घटना, ४ जनाको मृत्यु

इलाका प्रहरी कार्यालय भीमफेदीका अनुसार, ८ जना सवारमध्ये चार जनाको घटनास्थलमै मृत्यु भएको र बाँकी चार जनालाई उद्धार गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३० गते १६:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हेटौंडाबाट काठमाडौं जाँदै गरेको ईभी गाडी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सल्ले सुकौरामा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।
  • इलाका प्रहरी कार्यालय भीमफेदीका अनुसार गाडीमा ८ जना सवार थिए र चार जनालाई उद्धार गरिएको छ।
  • मंगलबार दिउँसो करिब २ बजे दुर्घटना भएको गाडी सडकबाट करिब ५०० मिटर तल भिरमा खसेको थियो।

३० भदौ, हेटौंडा । हेटौंडाबाट काठमाडौं जाँदै गरेको विद्युतीय (ईभी) गाडी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सल्ले सुकौरामा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय भीमफेदीका अनुसार, ८ जना सवारमध्ये चार जनाको घटनास्थलमै मृत्यु भएको र बाँकी चार जनालाई उद्धार गरिएको छ ।

उद्धार गरिएका १ जनालाई हेटौंडा अस्पताल पठाइएको छ भने बाँकीलाई काठमाडौंतर्फबाट लगिएको इप्रका भीमफेदीले जनाएको छ ।

मंगलबार दिउँसो करिब २ बजे दुर्घटना भएको गाडी सडकबाट करिब ५०० मिटर तल भिरमा खसेको जनाइएको छ ।

दुर्घटनाको थप विवरण तथा मृतक र घाइतेको पहिचान खुल्न बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?