+
+
Shares

नाइमा मोबिलिटी एक्स्पो : टाटाका ‘पन्च’ र ‘टियागो’ ईभीमा बढ्दो आकर्षण (भिडियो)

विशेषगरी पन्च ईभीको मूल्यमा आएको कमी र टियागो ईभीको किफायती मूल्यले एक्स्पोमा आउने ग्राहकको चासो बढेको देखिन्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २९ गते २१:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • टाटा मोटर्सले नेपालमा परिमार्जित पन्च र टियागो ईभी सार्वजनिक गरेको छ जुन हाल भृकुटीमण्डपमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ मा राखिएको छ ।
  • पन्च ईभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार र टियागो ईभीको २८ लाख ९९ हजार रुपैयाँ तोकिएको छ भने एक्स्पो अवधिभर विशेष छुटको व्यवस्था गरिएको छ ।
  • सिप्रदीले यी सवारीसाधनमा ११ वर्ष वा २ लाख २० हजार किलोमिटरसम्मको विस्तारित वारेन्टी सुविधा दिँदै देशभर चार्जिङ र सर्भिस पूर्वाधार विस्तारलाई तीव्रता दिएको छ ।

२९ साउन, काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को प्रतिस्पर्धा बढिरहेका बेला टाटा मोटर्सले मूल्य र सुविधा केन्द्रमा राखेर आफ्ना लोकप्रिय ईभी मोडेललाई थप परिमार्जन गरेको छ । यही रणनीति अनुसार नेपालमा नयाँ पन्च र टियागो ईभी बिक्रीमा ल्याइएको छ ।

काठमाडौं भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो– २०२६’ मा यी दुई मोडेलले ग्राहकको ध्यान तानेका छन् । विशेषगरी पन्च ईभीको मूल्यमा आएको कमी र टियागो ईभीको किफायती मूल्यले एक्स्पोमा आउने ग्राहकको चासो बढेको देखिन्छ ।

पन्च ईभी

नयाँ पन्च ईभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । एक्स्पो अवधिभरि बुकिङ गर्ने ग्राहकका लागि भने कम्पनीले विशेष छुटसहित ३२ लाख ९९ हजार रुपैयाँमा उपलब्ध गराउने जनाएको छ ।

पन्च ईभीको टप भेरिएन्टको मूल्य ३७ लाख ९९ हजार रुपैयाँसम्म छ । नयाँ मोडेलमा ३० किलोवाट आवर र ४० किलोवाट आवर क्षमताका दुई ब्याट्री विकल्प उपलब्ध छन् । यसअघि बजारमा रहेको पन्च ईभीको तुलनामा दुवै ब्याट्री विकल्पको क्षमता ५ किलोवाट आवरले बढाइएको कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार ६५ किलोवाटको डीसी फास्ट चार्जिङ सपोर्ट गर्ने नयाँ पन्च ईभीलाई २० देखि ८० प्रतिशतसम्म चार्ज गर्न करिब २६ मिनेट लाग्छ । १५ मिनेट चार्ज गर्दा १ सय ३५ किलोमिटरसम्म रेन्ज प्राप्त हुने कम्पनीको दाबी छ ।

पन्च ईभीमा ३० किलोवाट आवर र ४० किलोवाट आवरको दुई ब्याट्री अप्सन पाइने छ । जुन यसअघि उपलब्ध पन्च ईभीभन्दा दुवै भेरिएन्टमा ५ किलोवाट आवर बढी क्षमताको ब्याट्री हो ।

पन्च ईभी २० देखि ८० प्रतिशत २६ मिनेटमा चार्ज गर्न सकिन्छ । यसले ६५ किलोवाटको डीसी फास्ट चार्ज सपोर्ट गर्छ । यसलाई १५ मिनेट चार्ज गर्दा १ सय ३५ किलोमिटर रेन्ज पाइने कम्पनीको दाबी छ ।

नयाँ पन्च ईभी ‘एक्टिभ’ प्ल्याटफर्ममा आधारित छ । यसमा १ सय ९५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स, ५ स्टार एनक्याप सुरक्षा रेटिङ, ६ वटा एयरब्याग, ३६० डिग्री क्यामरा, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, हिल होल्ड एसिस्ट, टायर प्रेसर मनिटरिङ सिस्टम, आईएसओफिक्स चाइल्ड सिट माउन्ट र हाइ–बिम एसिस्टजस्ता सुविधा छन् ।

त्यस्तै १०.२५ इन्चको इन्फोटेनमेन्ट टचस्क्रिन तथा डिजिटल ड्राइभर डिस्प्ले, वायरलेस चार्जिङ, भेन्टिलेटेड सिट, एम्बियन्ट लाइट र कनेक्टेड कार टेक्नोलोजी पनि यसमा समावेश छन् । पन्च ईभीमा ३ यस ६६ लिटरको बुट स्पेस उपलब्ध छ ।

टियागो ईभी

त्यस्तै टाटाले टियागो ईभीको २८ लाख ९९ हजार रुपैयाँको सुरुवाती मूल्यमा सार्वजनिक गरेको छ । यसको टप भेरिएन्टको मूल्य २९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

सहर केन्द्रित र किफायती विद्युतीय सवारी खोज्ने ग्राहकलाई लक्षित गर्दै नयाँ टियागो ईभी ल्याइएको हो । यसमा २४ किलोवाट आवर क्षमताको लिथियम–आयन ब्याट्री र ५५ किलोवाट क्षमताको विद्युतीय मोटर प्रयोग गरिएको छ । मोटरले ११४ एनएम टर्क उत्पादन गर्छ ।

नयाँ टियागो ईभीमा १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एन्ड्रोइड अटो तथा एप्पल कारप्ले, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, अटोमेटिक क्लाइमेट कन्ट्रोल, क्रुज कन्ट्रोल र मल्टिफङ्सन स्टेयरिङ उपलब्ध छन् । नयाँ अपहोल्स्ट्री र परिमार्जित इन्टेरियर डिजाइनले यसको क्याबिनलाई समेत थप आधुनिक बनाइएको कम्पनीको भनाइ छ ।

सुरक्षातर्फ डुअल एयरब्याग, एबीएस, ईबीडी, रियर पार्किङ सेन्सर, रिभर्स क्यामेरा तथा इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोलजस्ता सुविधा दिइएको छ । नयाँ टियागो ईभीमा ३६० डिग्री एचडी क्यामेरा र अपडेटेड डिजिटल ककपिट समेत उपलब्ध छ ।

एक्स्पोमा दुवै मोडेल बुकिङ गर्ने ग्राहकलाई सिप्रदीले ११ वर्ष वा २ लाख २० हजार किलोमिटरसम्मको विस्तारित वारेन्टी सुविधा उपलब्ध गराएको छ ।

सिप्रदी ट्रेडिङका डुपुटी सेल्स म्यानेजर अर्जुन उप्रेतीका अनुसार एक्स्पोका अवसरमा ग्राहकलाई विशेष अफर उपलब्ध गराइएको हो । उनका अनुसार पन्च ईभी र टियागो ईभी फरक–फरक आवश्यकता र बजेट भएका ग्राहकलाई लक्षित गरेर ल्याइएको हो ।

सिप्रदी ट्रेडिङका डुपुटी सेल्स म्यानेजर अर्जुन उप्रेती

सिप्रदीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजनबाबु श्रेष्ठले नेपालमा पछिल्लो समय आधुनिक प्रविधि सहित ईभी भित्र्याउन कम्पनी प्रतिबद्ध रहेको बताए ।

नयाँ पन्च ईभी र टियागो ईभी नेपाली बजारमा सार्वजनिक गर्नुले कम्पनीको विद्युतीय सवारीप्रतिको प्रतिबद्धता थप पुष्टि गर्ने उनको भनाइ छ ।

सिप्रदीले ईभी बिक्रीसँगै चार्जिङ तथा सर्भिस पूर्वाधार विस्तारलाई पनि प्राथमिकता दिएको जनाएको छ । कम्पनीका अनुसार हाल २१ भन्दा बढी ईभी सर्भिस सेन्टर, ४० वटा डीसी चार्जिङ प्वाइन्ट र १ सय ५० भन्दा बढी एसी चार्जिङ प्वाइन्ट सञ्चालनमा छन् ।

कम्पनीले नयाँ मोडेलसँगै बिक्रीपछिको सेवा र चार्जिङ पूर्वाधार विस्तारले ग्राहकलाई विद्युतीय सवारी प्रयोगमा थप सहजता र विश्वास दिलाउने अपेक्षा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?