+
+
Shares

ममता बनर्जीका निकट पूर्वमन्त्री आशिष बनर्जी पार्टी कार्यालयमा मृत भेटिए

 पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीका निकट मानिने तृणमूल कांग्रेसका नेता तथा पूर्वमन्त्री आशिष बनर्जी पार्टी कार्यालयमा मृत फेला परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ३१ गते १०:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तृणमूल कांग्रेसका नेता तथा पूर्वमन्त्री आशिष बनर्जी आफ्नै निवासस्थित पार्टी कार्यालयमा मृत अवस्थामा फेला परेका छन् ।
  • प्रहरीका अनुसार बीरभूम जिल्लाको रामपुरहाटस्थित कार्यालयमा उनको शव झुण्डिएको अवस्थामा फेला परेको हो ।
  • घटनास्थलमा एउटा सुसाइड नोट फेला परेको छ र प्रहरीले मृत्युको कारणबारे अनुसन्धान गरिरहेको छ ।

३१ साउन, काठमाडौं । पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जीका निकट मानिने तृणमूल कांग्रेसका नेता तथा पूर्वमन्त्री आशिष बनर्जी पार्टी कार्यालयमा मृत फेला परेका छन् ।

बीरभूम जिल्लाको रामपुरहाटस्थित आफ्नै निवाससँगै रहेको पार्टी कार्यालयको एउटा कोठामा आइतबार बिहान उनको शव फेला परेको हो ।

उनी रामपुरहाट विधानसभा क्षेत्रबाट लगातार पाँच पटक निर्वाचित भएका थिए ।

प्रहरीका एक वरिष्ठ अधिकारीका अनुसार कार्यालयको कोठाभित्र झुण्डिएको अवस्थामा आशिषको शव भेटिएको हो । उनको मृत्युको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रहरी स्रोतका अनुसार शव नजिकै एउटा सुसाइड नोटसमेत फेला परेको छ । यद्यपि प्रहरीले उक्त नोटमा के लेखिएको छ भन्नेबारे केही बताएको छैन । शव पोस्टमार्टमका लागि पठाइएको छ ।

सबैभन्दा पहिले स्थानीयवासीले पार्टी कार्यालयमा आशिषलाई झुन्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । सूचनापछि रामपुरहाट थानाबाट पुगेको प्रहरी टोलीले शव बरामद गरेको थियो ।

को हुन् आशिष बनर्जी

आशिष सन् २००१ देखि रामपुरहाट विधानसभा क्षेत्रबाट लगातार चुनाव जित्दै आएका थिए । तर यस वर्ष भएको विधानसभा निर्वाचनमा उनी भारतीय जनता पार्टी (भाजपा)का उम्मेदवार ध्रुव साहसँग पराजित भएका थिए ।

ममता बनर्जी नेतृत्वको सरकारमा आशिष बनर्जी स्कुल शिक्षा तथा कृषि मन्त्रीसमेत भएका थिए । सन् २०२१ मा उनलाई पश्चिम बंगाल विधानसभा उपाध्यक्षको जिम्मेवारी दिइएको थियो ।

बर्दवान विश्वविद्यालयबाट बंगाली विषयमा विद्यावारिधि गरेका आशिषले रामपुरहाट कलेजमा अध्यापनबाट आफ्नो करियर सुरु गरेका थिए । पछि उनी राजनीतिमा प्रवेश गरेका थिए । उनलाई ममता बनर्जी निकट नेताका रूपमा चिनिन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?