+
+
Shares

कांग्रेस संस्थापन इतरको राष्ट्रिय सम्मेलन आज सम्पन्न हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ३१ गते १०:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेस संस्थापनइतर समूहको दुईदिने राष्ट्रिय सम्मेलन आज औपचारिक रूपमा सम्पन्न हुँदैछ ।
  • बन्दसत्रमा पेस गरिएका राजनीतिक तथा आर्थिक–सामाजिक प्रस्तावहरूमाथि आएका सुझावहरू समेटेर आज पारित गरिनेछ ।
  • पूर्वकेन्द्रीय सदस्य गुरु बरालले प्रस्तावहरूलाई अन्तिम रूप दिएर आजै सम्मेलन समापन गरिने जानकारी दिनुभयो ।

३१ साउन, काठमाडौं । नेपाली कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय सम्मेलन आज सम्पन्न हुँदैछ ।

कांग्रेस नेताहरूका अनुसार बन्दसत्रमा पेस भएका विभिन्न प्रस्ताव आज सुझावसहित पास गर्ने र सम्मेलन सम्पन्न गर्ने कार्यक्रम छ ।

काठमाडौंको सुकेधारास्थित एक पार्टी प्यालेसमा साउन ३१ गतेदेखि सुरु भएको भेलालाई कांग्रेसले राष्ट्रिय सम्मेलनमा परिणत गरेको थियो । करिब पाँच हजार जना सहभागी भएको भनिएको सम्मेलनको उदघाटन पूर्वसभापति शेरबहादुर देउवाले गरेका थिए ।

साउन ३० गतेदेखि सुरु भएको बन्दसत्रमा नेता विमलेन्द्र निधिले राजनीतिक प्रस्ताव, डा. प्रकाशशरण महतले आर्थिक–सामाजिक नीतिको कार्यदिशा र एनपी साउदले समसामयिक राजनीतिक प्रस्ताव पेश गरेका थिए ।

ती प्रस्तावहरुमाथि सहभागीहरुले धारणा राख्ने र सुझाव दिने क्रम आज पनि जारी छ । सबै सुझावलाई समेटेर प्रस्तावहरुलाई अन्तिम रुप दिइने सम्मेलनमा सहभागी कांग्रेसका पूर्वकेन्द्रीय सदस्य गुरु बरालले बताए ।

प्रस्तावहरु पारित गरेपछि आजै सम्मेलन सम्पन्न हुने उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?