११ कात्तिक, काठमाडौं । चन्द्रागिरि नगरपालिका–७ थानकोटबाट ६८ किलो २४४ ग्राम चाँदीसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बिहार रक्सौलका १९ वर्षीय अमन सर्राफ छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
उनले चाँदीका तयारी गरगहनाहरू भन्सार छली तथा चोरी पैठारी गरी ल्याएको सूचनाका आधारमा प्रहरीले उनको कोठा छापा मारेर चाँदी बरामद गरेको हो ।
पक्राउ परेका उनलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता रामेश्वर कार्कीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4