Comments Add Comment

प्रतिमा शेर्पाले पाइन् टाइगर उड्ससँग प्रशिक्षणको मौका


१२ वैशाख, काठमाडौं । नेपालकी नम्बर वान महिला गल्फर प्रतिमा शेर्पाले टाइगर उड्ससँगै प्रशिक्षणको मौका पाएकी छन् । हाल अमेरिकामा रहेका शेर्पाले फ्लोरिडामा उड्ससँगै प्राइभेट प्रशिक्षण लिएकी हुन् ।

शेर्पालाई उड्स फाउन्डेसनले सहयोग गरिरहेको छ र त्यही क्रममा मेडलिस्ट गल्फ क्लबमा उड्सले प्रतिमालाई करिब आधा घण्टा प्रशिक्षण दिएका हुन् ।

लामो समय विश्वकै नम्बर वान गल्फर रहेको उड्सले प्रतिमाको प्रशंसा गर्दै ट्वीट गरेका छन् । ईएसपीएनसँग इमेलमार्फत कुरा गर्दै उनले भनेका छन्, ‘प्रतिमा अविश्वसनीय छिन् । उनको कथा पढेर आश्चर्यमा परेँ । उनलाई भेटेर कुरा गर्न पाउनु प्रेरणादायक थियो । उनको यात्राको साक्षी बन्न पाउँदा र उनलाई खुसी देख्दा निकै आनन्दा लाग्यो ।’

उड्सले झण्डै एक वर्ष पहिले प्रतिमाका विषयमा जानकारी पाएका थिए । उनले प्रतिमालाई प्रोत्साहन गर्न रोयल नेपाल गल्फ क्लबलाई पत्र पनि पठाएका थिए । ‘जब मैले चिठ्ठी पाएँ, आश्चर्यमा परेँ’ उनले भनिन् ।

उनले उड्सलाई भेटेको दिन आफ्नो जीवनकै उत्कृष्ट दिन भएको बताएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment