Comments Add Comment

सरकार संघीयताविरोधी गतिविधिमा लागेको छ : उपेन्द्र यादव

१४ वैशाख, जनकपुरधाम । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीय सरकार संघीयता विरोधी गतिविधिमा लागेको आरोप लगाएका छन् ।

मधेसी स्वास्थ्यकर्मी फोरम नेपालको जनकपुरमा तेस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष यादवले आफूहरु संघीयता लाई संस्थागत गर्दै संविधान संशोधनका लागि सरकारलाई समर्थन गरे पनि सरकार भने विपरीत बाटोमा लागेको बताएका हुन् ।

निर्वाचनमा भाग लिएकै भरमा आफूहरुले संविधान स्वीकारिसकेको भ्रम नपाल्न उनले प्रमुख दलहरुलाई चेतावनी दिए । यादवले सबैलाई स्वीकार्य हुने गरी संविधान संशोधन नभएसम्म मुलुकमा स्थिरता आउन नसक्ने पनि दावी गरे ।

मुलुक संघीय गणतन्त्रमा गए पनि केन्द्रीकृत मानसिकता बोकेका शासकवर्गहरुले संघीयतालाई कमजोर पार्ने षडयन्त्रमा लागेको जिकिर गर्दै अध्यक्ष यादवले संघीयतालाई बलियो पार्न स्थानीय तहलाई प्रदेश मातहतमा ल्याउनुपर्ने बताए ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारलाई कमजोर बनाई, स्थानीय सरकारलाई बढी बोझ दिएर संघीयतालाई नै असफल बनाउने षडयन्त्र भइरहेको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment