Comments Add Comment

टाेपबहादुरले तिर्नुपर्ने ब्लडमनी दूतावासलाई हस्तान्तरण

१६ वैशाख, यूएई । दुर्घटनाबाट सहकर्मीको निधन भएपछि एक लाख दिराम तिर्न नसकेर यूएईमा अलपत्र भएका टोपबहादुर बिकको मुक्तिका लागि आवश्यक रकम एक कार्यक्रमको आयोजना गरेर एनआरएन यूएईले नेपाली दूतावास अबुधाबीमा हस्तान्तरण गरेको छ ।

दूतावासले उक्त रकम सम्बन्धित निकायमा जम्मा गर्नका लागि तत्काल प्रसासनिक पहल गर्ने कावा राजदूत सागरप्रसाद फुयालले बताएका छन् । सबै प्रक्रिया पूरा गरेर ढिलोमा पनि एक साताभित्रमा बिक नेपाल फिर्ता हुने एनआरएन यूएईका अध्यक्ष रमेश श्रेष्ठले जानकारी दिएका छन् ।

यस अभियानमा यूएईमा सक्रिय ६१ सामाजिक संस्थाहरुले ५४ हजार दिराम संकलन गरेका छन् भने एनआरएन आईसीसी र एनसीसी यूएई गरेर जम्मा २४ हजार ५ सय दिराम संकलन भएको एनआरएन यूएईका महासचिव कृष्ण पौडेलले जानकारी दिएका छन् ।

त्यसैगरी अनिस खालिङ प्रतिस्ठान काठमाडौंले ५ लाख रुपैयाँ बराबर १७ हजार ५ सय दिराम र युएईमा रहेका नेपाली व्यापारी र स्वतन्त्र व्यक्तिहरुले ५ हजार दिराम सहयोग गरेका छन् ।

यूएईमा अन्योलपुर्ण जीवन बिताइरहेका चितवन खैरेनीका टाेपबहादुर बिकले बुझाउनु पर्ने ब्लडमनी’ बापतको रकम १ लाख दिराम एनआरएन यूएईको संयोजककत्वमा (करिब २९ लाख रुपैयाँ) यूएईका नेपालीहरुले संकलन गरेका हुन् ।

यूएईमा क्रियाशील सामाजिक, राजनीतिक, जातीय, जिल्ला तथा पेशागत समुहको संयुक्त पहलमा युएईमा उक्त रकम संकलन भएको हो । रकम अभावमा बिगत लामो समयदेखि कम्पनी तथा रोजगारविहिन जीवन बिताई रहेका बिक नेपाल फर्कन पाउने भएका छन् ।

बिकलार्इ ब्लडमनी जुटाउन यूएईमा गैरआवासीय नेपाली संघ युएईको संयोजकत्वमा संचालन गरिएको आर्थिक सहयोग संकलन अभियान अन्तर्गत आवश्यक रकम १ लाख दिराम दूतावासलाई हस्तान्तरण गरिएको संघका अध्यक्ष रमेश श्रेष्ठले जानकारी दिएका छन् ।

चार वर्ष अघि यूएईको अल ऐनमा सिभिल कोर्ट’ कम्पनी, क्रेन अपरेटर हेल्पर टोपबहादुरलाई कम्पनीको काम गर्दै गर्दा क्रेन दुर्घटनामा दुई थाई नागरिकको ज्यान गए पछि उक्त क्रेनमा हेल्परका रूपमा कार्यरत टोपबहादुर बिकलाई दोषी ठहर गर्दै पीडितका परिवारलाई ४ लाख दिराम दिनुपर्ने फैसला सुनाएको थियो । जसअनुसार कम्पनीका तर्फबाट २ लाख, पाकिस्तानी क्रेन अपरेटर र टोपबहादुरको भागमा एक–एक लाख दिराम परेको थियो ।

दुर्घटनापछि ४ महिना २० दिन जेलमा बसेका बिकलाई फैसलापछि अदालतले यात्रामा प्रतिबन्ध लगाई कम्पनीमा फिर्ता पठाए पनि कम्पनी बन्द भएका कारण उनी आफन्त, साथीभाइ र एनआरएन यूएईको संरक्षणमा बस्दै आएका छन् ।

अदालतको फैसला पछि ब्लडमनि जुटाउनका लागि यूएई स्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालय र वैदेशिक रोजगार प्रबर्द्धन बोर्डलाई आर्थिक सहयोगका लागि पत्र लेखेको भए पनि वैदेशिक रोजगार प्रबर्द्धन बोर्डले कानुनत: बिक लाई कुनै आर्थिक सहयोग गर्न नसकिने भन्दै पत्रको जबाफ पठाएको थियो ।

त्यसपछि नेपाली राजदुतावास अबुधाबिको रोहवरमा गैर आवासीय नेपाली संघ यूएईको संयोजकत्वमा युएईमा क्रियाशील सबै संघसस्थाहरु सदस्य रहने गरी विगत एक महिना १५ दिनअधि देखि ब्लड मनि जुटाउन आर्थिक सहयोग संकलन अभियान चलाइएको थियो ।

ब्लडमनी जुटाइ बिकलाई छुटाउन एक महिनाअघिबाट संचालन गरिएको आर्थिक सहयोग संकलन अभियानमा यूएईमा रहेका अधिक संघसस्थाहरु एक जुट भएर लागेकोले अभियान सफल भएको श्रेष्ठको भनाइ छ । तर, दुखद कुरा सबै संघसंस्थाले अभियानमा साथ नदिनु रहेको समेत उल्लेख गरे।

यूएईमा रहेका ७० वटा भन्दा धेरै नेपाली संघ सस्था तथा नेपाली दूतावासको विशेष पहलमा अभियान छिटै सफल भएको बताउदै अभियानलाई पूरा गर्न साथ सहयोग दिने सबैलाई एनआरएन यूएईका अध्यक्ष श्रेष्ठले धन्यवाद समेत दिएका छन् ।

दूतावासमा रकम हस्तान्तरण भएको छ अब टोपबहादुर बिकको कानुनी प्रक्रिया पूरा गरी नेपाल जाने सहज वातावरण मिलाउन कानुनी प्रक्रिया अगाडि बढाइने कार्यबाहक राजदुत सागर फुएलले बताए। उक्त हस्तान्तरण कार्यक्रममा नेपाली नेपाली कार्यबहाक राजदुत सागर प्रसाद फुएल श्रम कन्सुलर भेषबहादुर कार्कीको उपस्थिति रहेको थियो भने गैरआवासीय नेपाली सघ युएईका अध्यक्ष रमेश श्रेष्ठ लगायत विभिन्न सघ सस्थाका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment