Comments Add Comment

कृषिको विकासका लागि भूउपयोग नीति कार्यान्वयन गर्नुपर्छ : मन्त्री खनाल

फाइल फोटो

१९ वैशाख, बुटवल । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले कृषि क्षेत्रमा वैज्ञानिक योजना नबनाएसम्म कृषक सधैं मारमा पर्ने बताएका छन् ।

कृषि तथा पशु विज्ञान अध्ययन संस्थान पक्लिहवा क्याम्पसमा माओवादी केन्द्रको विद्यार्थी संगठनले गरेको कार्यक्रममा उनले जग्गा खण्डीकरण रोकेर भूउपयोग नीति कार्यान्वयन गर्नुपर्ने बताए ।

‘अव्यवस्थित तथा अनियन्त्रित रुपमा भएको जग्गा खण्डीकरणलाई रोक्न पनि भू-उपयोग नीति कार्यान्वयन अहिलेको आवश्यकता हो’, उनले भने ‘अहिलेको जस्तै आयातमुखी अवस्था रहे सन् २०३० भित्र ठूलो खाद्य संकट पर्छ ।’

उनले अहिले मुलुक गहुँ र अण्डामा आत्मनिर्भर भनिए पनि चल्ला र दाना बाहिरबाट नै आयात भइरहेको बताए । आयात र निर्यातमा ठूलो अन्तर पर्दै गइरहेकोमा चिन्ता प्रकट गर्दै उनले कृषिमा आत्मनिर्भर हुने गरी सरकारले रणनीतिक योजना बनाउने बताए ।

मन्त्री खनालले कृषिमा अनुदानलाई व्यवस्थित गर्ने, किसानलाई समयमै मल र बिउबिजन उपलब्ध गराउने, किसानलाई सहुलियत दरमा ऋण दिनेजस्ता कार्यक्रमलाई प्राथमिकतामा राखेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment