Comments Add Comment

१३ निर्णय गर्दै सकियो एनआरएन यूएईको छैटौं बैठक

६ मे, यूएई । अन्तर्राष्ट्रिय संजाल भएको नेपाल र नेपाली लक्षित सामाजिक संस्था गैरअावसीय नेपाली संघ (एनआरएनए) यूएईको छैटौं नियमित मासिक बैठक यूएईको हरित नगर एलएनमा सम्पन्न  भएको छ ।

अध्यक्ष रमेश श्रेष्ठको अध्यक्षतामा बसेको पूर्ण बैठकले यूएईका सामाजिक र समसामयिक विषयहरुमा घनिभूत छ्लफल गरेर  बिबिध निर्णय गरेको बैठक संचालक महासचिव कृष्ण पौडेलले जानकारी दिए ।

यूएईमा कार्यरत नेपाली घरेलु महिला कामदारहरुले भोगिरहेको  वार्षिक बिदामा नेपाल पुगेर फर्कन नपाउने समस्यालाई सहजिकरण गर्नको लागि नेपाली दूतावास अबुधाबीलाई ध्यानाकर्षण पत्र बुझाउने निर्णय एनआरएन यूएईले गरेको छ ।

घरेलु कामदारहरुलाई नेपाल सरकारले पुनः श्रम स्वीकृति नदिने भएका कारण हजारौं महिला रोजगारी गुम्ने भएले नेपाल जान सकेका छैनन् ।

एनआरएनए यूएईले आफ्ना केन्द्रीय र क्षेत्रीय सदस्यहरुको क्षमता अभिबृद्धि गराउने उद्देश्यले कम्प्युटर, आकस्मिक प्राथमिक उपचार तथा अङ्ग्रेजी भाषा तालिम गराउने निर्णय गरेको छ । यसका लागि प्रशिक्षणको ब्यबस्था गर्न सम्बन्धित बिषयमा बिज्ञलाई जिम्मेवारी पनि प्रदान गरेको छ ।

कम्युटर सम्बन्धी प्रशिक्षणको लागि केन्द्रीय सदस्यद्वय केशब नेपाल र बिष्णुहरी बगाले, अंग्रेजी भाषा तालिमको लागि महासचिव कृष्ण पौडेल र केन्द्रीय सदस्य शमसेर योञ्जन, त्यसैगरी प्राथमिक उपचार तालिमको लागि केन्द्रीय सदस्य ओम उप्रेतीलाई प्रशिक्षकको रुपमा जिम्मेवारी दिइएको छ ।

बुद्ध जयन्तीको कार्यक्रममा उल्लेख उपस्थिति जनाएर सफल पार्ने निर्णय गरेको छ  । दुबईमा रहेका एनआरएनए एनसीसी यूएईका पदाधिकारी एबं सदस्यले सहभागिता जनाउने त्यसैगरी अबुधाबीमा इनासद्वारा आयोजना हुन लागिरहेको अर्को बुद्ध जयन्ती कार्यक्रममा पनि अबुधाबीमा रहेका एनआरएनएन एनसीसी यूएईका पदाधिकारी एबं सदस्यहरुले सहभागिता जनाउने निर्णय गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

दोस्रो चरणको प्राथमिक उपचार तालिम कार्यक्रमको लागि आर्थिक सहायता जुटाउने उद्देश्यले गर्न लागिएको नेपाली फिल्म ऐश्वर्य को च्यारिटी सो को तयारीको लागि  एनआरएनए यूएई केन्द्रीय सदस्य सम्सेर योञ्जनलाई संयोजकको जिम्मेवारी दिने र उत्तरी इमिरेट्सको लागि केन्द्रीय सचिब मिलन गुरुङलाई जिम्मेवारी दिने निर्णय पनि बैठकले गरेको छ ।

डिस्कभरि रोयल स्पोर्ट्सका संचालक तथा एनआरएन यूएईका केन्द्रीय सदस्य ओम उप्रेतीले एनआरएन यूएईको सहयोगमा नेपालका सात जिल्लाका करिब १ हजार जनालाई नि: शुल्क प्राथमिक उपचार तालिम सफलतापूर्वक सम्पन्न गरिसकेको छ भने आगामी सेप्टेम्बरमा सोही प्रकृतिको तालिम नेपालका आठ जिल्लामा आयोजना गर्न लागिएको मुख्य प्रशिक्षक तथा अभियन्ता उप्रेतीले बताएका छन् ।

टोपबहादुर बिक बचाउ अभियानमा एक लाख दिराम (करिब २९ लाख रुपैयाँ) आर्थिक सहयोग संकलन गर्न सहयोग गर्ने सम्पूर्ण दाता संघ संस्था एबं ब्याक्तीहरुलाई एनआरएनए एनसीसी यूएईको वार्षित्कोत्सव समारोहको कार्यक्रममा सम्मान पत्रद्वारा सम्मानित गर्ने निर्णय समेत एनआरएन यूएईले गरेको छ । रमेश श्रेष्ठले अध्यक्षता गरेको एनआरएन यूएईको वार्षिक उत्सव आगामी सेप्टेम्बर १५ मा मनाइने निर्णय समेत बैठकले गरेको छ ।

एनआरएनए यूएईको वार्षिकोत्सव कार्यक्रम भब्य रुपमा मनाउनको लागि आवश्यक तयारी गर्न अध्यक्ष रमेश श्रेष्ठको संयोजकत्वमा एउटा मूल समिति बनाउने उक्त वार्षिकोत्सव कार्यक्रममा विविध साँस्कृतिक कार्यक्रम पनि समाबेश गर्ने निर्णय गरिएको बताइएको छ ।

‘उज्यालो नेपाल’ को नारा राखेर एनआरएनए आइसीसीले घोषणा गरेको कार्यक्रमलाई स्वागत गर्दै यसलाई व्यापक प्रभावकारी ढंगले लागू गर्नको लागि एनआरएनए एनसीसी यूएईले आफ्नो ठाउँबाट आबश्यक साथ र सहयोग पु¥याउने निर्णय समेत बैठकले गरेको छ ।

ब्यापार ब्याबसायमा संलग्न यूएईवासी बिजिनेस पर्सन एबं उच्च ओहदामा रहेर आफ्नो दक्षता देखाइरेका यूएईका बिभिन्न कम्पनीमा कार्यरत नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई यहाँका नेपाली समुदायसँग परिचित गराउने र आपसी द्वीपक्षीय हितको लागि हातेमालो गर्न आवश्यक कार्यक्रम तर्जुमा गर्न एनआरएन यूएईका उपाध्यक्ष एवम व्यावसायी  नेत्र शर्मालाई बैठकले सम्पूर्ण जिम्मेवारी प्रदान गरेको छ ।

अबुधाबीमा कार्यरत पन्जिकृत सदस्य सुमन पराजुली (गोबिन्द) लाई एनआरएनए एनसीसी यूएईको केन्द्रीय सदस्य पदमा मनोनीत गर्ने निर्णय समेत बैठकले गरेको छ ।

एनआरएनए यूएईका बिभिन्न बिभागिय समिति अन्तर्गत राहत तथा उद्दार समितिको सदस्यमा राज थापा, भाषा कला साहित्य समितिमा रमेश खड्का काशी, साँस्कृतिक बिभाग सदस्यमा कृष्ण सुनारलाई मनोनित समेत सोही बैठकले गरेको छ ।

एनाआरएन यूएईलाई यूएईको सरकारी निकायमा सामाजिक संस्थाका रूपमा दर्ता प्रक्रियाको सन्दर्भमा हालसम्म भए गरेका प्रगतिको जानकारी गराउदै बाँकी फलोअपको लागि अध्यक्ष श्रेष्ठलाई नै जिम्मेवारी बैठकले सुम्पिएको प्रवक्ता मुन क्षेत्रीले बताएका छन् ।

यूएईमा आउँदै गरेको रमादानमा इफ्तारी दिने र इद मिलन कार्यक्रम गर्नको लागि आवश्यक कार्यक्रम तर्जमा गर्न केन्द्रीय सदस्य समिम खानलाई जिम्मेवारी दिने निर्णय समेत बैठकले गरेको छ ।

त्यसैगरी प्रवासको बसाइलाई बिट मार्दै मातृभूमि नेपाल फर्कन लागेका एनआरएनए क्षेत्रीय समन्वय परिषद अलऐनका सचिव एवम्  पत्रकार डिल्ली हुमागाइलाई निजको योगदानको कदर गर्दै दोसल्ला र बिदाई पत्रका साथ बिदाई कार्यक्रम पनि सोही बैठकमै गरिएको बैठकपछि अध्यक्ष श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment