Comments Add Comment

गरीब विद्यार्थीहरुका लागि १५ लाख रुपैयाँको अक्षयकोष स्थापना गर्दै पाल्पाली समाज यूएई

६ मे, यूएई । यूएईको क्रियाशील जिल्लास्तरीय सामाजिक संस्था पाल्पाली समाजको आफ्नो जिल्लाका ६० विद्यालयमा १५ लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने अभियान सफलताको नजिक पुगेको छ  ।

समाजको एक वर्षअघिको कार्यक्रम  हालसम्म ४७ स्कुलहरुमा सफलतापूर्वक सम्पन्न भएको पाल्पाली समाज यूएईका अध्यक्ष वेदप्रकाश अर्यालले अनलाइनखबरलाई जानकारी दिएका छन् ।

हरेक विद्यालयमा २५ हजारका दरले समाजको तर्फबाट अक्षयकोषका लागि रकम उपलब्ध गराउने र सम्बन्धित स्कुल व्यावस्थापन समिति, शिक्षक, अभिभावक र सहयोगी दाताहरुले अक्षयकोषमा रकम वृद्धि गर्ने सकिने समाजका अध्यक्ष अर्यालले जानकारी दिए ।

उक्त कोषको ब्याजबाट सम्बन्धित स्कुलका गरीब र जेहेन्दार विद्यार्थीहरुलाई अध्ययनमा सहयोग गर्नुपर्ने पाल्पाली समाज यूएईले सर्त राखेको छ ।

जिल्लाका ६० स्कुललाई तीन चरणमा बिभाजन गरेर अक्षयकोष हस्तान्तरण गर्ने समाजको योजना छ । निकट भविस्यमा १३ विद्यालयहरुमा पनि अक्षयकोष स्थापनाको लागि रकम हस्तान्तरण गरिने पाल्पाली समाजले जनाएको छ ।

पाल्पा जिल्लाका ८ गाउँपालिका का ६० वटा  बिधालयहरुमा २५ हजारका दरले जम्मा १५ लाख बराबरको अक्षयकोष स्थापना गर्ने अभियानमा पाल्पालीहरुले उत्साहित भएर सहयोग गरिरहेको अध्यक्ष अर्यालले प्रतिक्रिया दिएका छन्  ।

यसै योजना अन्तर्गत गत वैशाख १९ गते पाल्पाली समाज यूएईले चार छुट्टाछुट्टै कार्यक्रम गरेर रिब्दिकोट गाउँपालिकामा रहेको भैरव मावि, भैरवस्थानको भगवती प्रा.वि., खस्यौलीको चण्डीका भवानी आधारभूत विद्याल,  दुर्गाभवानी आधारभूत विद्यालयमा २५ हजारका दरले जम्मा १ लाख रुपैयाँ अक्षयकोषका लागि रकम हस्तान्तरण गरेको छ ।

कार्यक्रममा समाजका अध्यक्ष  बेदप्रसाद अर्यालको उपस्थितिमा सम्पन्न भएको थियो । अक्षयकोष हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, अभिभावक संघ, बुद्धजीवि, प्राध्यानाध्यापक, श्रोतब्यक्ती लक्ष्मी ढुंगाना उपस्थित थिए ।

रोजगारीका लागि विदेशिएका पाल्पालीहरुले बालबालिकाहरुको शिक्षाको लागि जिल्लामै अनुकरणीय र उदाहरणीय काम गरेको भन्दै सबै वक्ताहरुले पाल्पाली समाज यूएईका सबै सदस्य र अक्षयकोषमा रकम जम्मा गर्ने मनकारी दाताहरुलाई आभार प्रकट गरेका थिए  ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment