+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

सिण्डिकेट अन्त्य गर्ने कागज गरेमात्रै व्यवसायीलाई छाडिने

अटेर गर्नेलाई मुद्दा चलाउन निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख २३ गते १२:४२


२३ वैशाख, काठमाडौं । सिन्डिकेटको पक्षधर नभई आगामी दिनमा हड्ताल नगर्ने कागज गरेमात्रै पक्राउ परेका यातायात व्यवसायीलाई सरकारले छाड्ने भएको छ । हड्ताल नगर्ने लिखित प्रतिवद्धता नजनाउनेहरुलाई मुद्दा दर्ता गर्ने चेतावनी सरकारले दिएको छ ।

सरकारले सिन्डिकेट हटाएको विरोधमा शुक्रबार देशव्यापी हड्ताल गरेपछि सरकारले यातायात व्यवसायी महासंघका अध्यक्षसहित एक सय बढीलाई पक्राउ गरेको छ । शनिबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रमान कर्माचार्यसहित ५ पदाधिकारीलाई नियन्त्रणमा लिइएको थियो ।

आइतबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कागज गराएर मात्र यातायात व्यवसायीहरुलाई रिहा गर्न र नमान्नेहरुलाई मुद्दा दर्ता गरेर कारवाही प्रक्रिया अगाडि बढाउन देशभरका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

गृहमन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले यातायात व्यवसायीको मागअनुसार नै सरकारलाई सहयोग गर्ने सर्तमा कागज गराएर रिहा गर्ने तयारी भइरहेको जानकारी दिए । उनले अनलाइनखबरसँग भने, ‘उनीहरु आफैले सरकारलाई सहयोग गर्छौं, सिन्डिकेटमा लाग्दैनौं, रिहा गरिदिनुपर्‍यो भनेकाले त्यसैअनुसार अघि बढ्ने भन्ने छ । कागज गर्न नमान्नेलाई त कानुन छँदैछ नि ।’

यातायात क्षेत्रलाई आवश्यकीय सेवामा राखेर हड्ताल निषेध गरिएको छ । आवश्यकीय सेवा सन्चालन ऐन २०१४ को दफा ४ मा आवश्यक सेवामा हड्ताल गरेमा ६ महिना कैद वा २ सय रुपैयाँ जरिवाना वा दुवै सजायँ हुनसक्ने व्यवस्था छ । हड्ताल गर्न दुरुत्साहन गर्नेलाई भने एक वर्ष कैद वा एक हजार जरिवानाको व्यवस्था छ ।

आगामी दिनमा कुनैपनि बहानामा सेवा रोकेमा कानुनबमोजिम कारवाही भोग्न तयार रहेको ब्यहोराको कागज गर्ने समितिका केही पदाधिकारी भने छुट्न थालिसकेका छन् । रुपन्देहीमा यस्तै कागज गरेर यातायात व्यवसायीका पाँच जना नेता शनिबार नै छुटेका छन् । सप्तरीबाट पनि सरकारले गरेको निर्णय मान्ने सर्तमा व्यवसायीलाई हिरासतमुक्त गरिएको छ ।

सप्तरीमा सगरमाथा यातायात संघका पदाधिकारीलाई थुनामुक्त गर्न गरिएको कागजमा लेखिएको छ, ‘सिन्डिकेट पक्षधर नभई नेपाल सरकारको नीति, निर्देशन अनुरुप सार्वजनिक सवारी साधन निर्वाध रुपमा सञ्चालन गर्नेछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?