+
+
Shares

यातायातको अभिलेख हेरफेर गर्नेविरुद्ध मुद्दा दायर

सवारी अनुमति पत्र (लाइसेन्स)को अभिलेखमा झुटो विवरण राख्ने दुई कर्मचारी र एक मतियारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २७ गते १५:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी अनुमति पत्र अभिलेखमा झुटो विवरण राख्ने दुई कर्मचारी र एक मतियारविरुद्ध मुद्दा दायर गरेको छ।
  • यातायात व्यवस्था कार्यालय पोखरामा अनियमितता उजुरीपछि तत्कालीन प्रशासन अधिकृत शंकर थापा र कम्प्युटर अपरेटर जगत ढकालविरुद्ध आरोपपत्र दायर गरिएको छ।
  • अख्तियारले उनीहरूले गैरकानुनी तरिकाले अभिलेख सच्याएको र हिमबहादुर बस्नेत थापाविरुद्ध मतियारको कारबाही माग गरेको छ।

२७ चैत, काठमाडौं । सवारी अनुमति पत्र (लाइसेन्स)को अभिलेखमा झुटो विवरण राख्ने दुई कर्मचारी र एक मतियारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।

यातायात व्यवस्था कार्यालय (सवारी चालक अनुमति पत्र) पोखरामा सवारी चालक अनुमति पत्र वितरण गर्दा अनियमितता भएको उजुरीपछि अनसुन्धान गर्दा तत्कालीन प्रशासन अधिकृत शंकर थापा र तत्कालीन कम्प्युटर अपरेटर जगत ढकालविरुद्ध अख्तियारले आरोपपत्र दायर गरेको हो ।

उनीहरूले कार्यालयको अभिलेख बमोजिम हिमबहादुर बस्नेत थापाको नाममा ए र बी वर्गको पुरानो सवारी चालक अनुमति पत्र जारी नै नभएको जानकारी हुँदाहुँदै गैरकानुनी तरिकाले सच्याउने र हेरफेर गरेको अख्तियारको आरोप छ ।

अख्तियारले शंखर थापा र जगत ढकालविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार कारबाकही गर्न माग गरेको छ ।

त्यस्तै हिमबहादुर थापा बस्नेतविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम कसुरजन्य कार्यको गैरकानुनी लाभ लिने प्रकृतिको मतियार भएको भन्दै कारबाहीको माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?