Comments Add Comment

बजेटबारे बाबुरामः समाजवादको ठूलो कुरा गरेर हुँदैन

भौतिक र सामाजिक पूर्वाधार विकास गर्नु सुझाव

२७ वैशाख, काठमाडौं । पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले समाजवादको ठूलो कुरा गरेर विकास नहुने बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैकको सुरुमै समय लिएर बोलको भट्टराईले भने,’आगामी बजेटको प्राथमिकता र वित्तीय संरचनाको कुरा गर्दा समाजवादको ठूला कुरा गरेर हुँदैन, भौतिक र सामाजिक पूर्वाधार तयार तयार गर्नुपर्छ ।’

नयाँ शक्ति पार्टी नेपालका संयोजक समेत रहेका डा भट्टराईले भौतिक पूर्वाधार र सामाजिक पूर्वाधार विकासको विषयलाई मुख्य प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।

पूर्वपश्चिम सडक, रेल मार्ग, जल मार्ग, हवाइ मार्ग लगायत कुरालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने उनको तर्क छ ।

सामाजिक पूर्वाधार विना औद्योगिक अर्थतन्त्र नबन्ने भन्दै उनले शिक्षामा क्रान्ति ल्याउनुपर्ने बताए ।

अहिलेको शिक्षा प्रणालीलाई परिर्वतन गरेर प्राविधिक बनाउनुपर्ने संयोजक भट्टराईले बताए । उनले कृषिको आधुनिकीकरणका लागि सिँचाइको उपयुक्त व्यवस्था गरी बैज्ञानिक बाली प्रणाली अपनाउनुपर्नेमा जोड दिए ।

पर्यटनलाई प्राथमिता दिदै रोजगारीको अवसर श्रृजनाको लागि तुलनात्मक लाभको क्षेत्र पहिचान गरी उद्योग विकास गर्न आवश्यक बजेटको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।

अनुत्पादक क्षेत्रको लगानी घटाउन सरकारलाई सुझाव दिदै उनले बैदेशिक लगानी भित्र्याउन लगानी बोर्डलाई सशक्त र कामकाजी बनाउनुपर्ने आवश्यकता औल्याए ।

उनले सबैलाई खुसी पार्ने प्रयत्न भन्दा पनि प्राथमिकताको निर्धारणमा ध्यान केन्दि्रत गर्नुपर्ने पर्ने भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

यस्तै भूमि व्यवस्थापनमा विशेष ध्यान पुर्‍याउन सरकारको ध्यानाकर्षण गर्दै संयोजक भट्टराईले सामान्य निरन्तरतामा मात्रै बजेटको सिद्धान्त र प्राथमिकता निर्धारण गरे विकासको गति पहिल्याउन नसकिने बताए ।

उनले दुवै छिमेकी मुलुकसँग मित्रवत सम्बन्ध कायम राखेर लगानी भित्र्याउन सरकारलाई सुझाव दिए ।

भ्र्रष्टाचार निवारण गर्ने निकाय नै भ्रष्टाचारमा लागेको देखिएको उल्लेख गर्दे उनले भ्रष्टाचार निवारणमा आमुल परिर्वतन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment