Comments Add Comment

काष्ठमण्डपको पुनर्निर्माण सुरुवात वैशाख ३१ गतेबाट


२७ वैशाख, काठमाडौं । भूकम्पमा पूर्ण रुपले क्षतिग्रस्त भएको ऐतिहासिक सम्पदा काष्ठमण्डप पुनर्निर्माण सुरु हुने भएको छ । सोमवार बिहान काष्ठमण्डप मै क्षमा पूजा गर्दै काष्ठमण्डप पुनर्निर्माण कार्यको आरम्भ हुन लागेको हो ।

काष्ठमण्डप पुनर्निर्माण कार्य जनस्तरबाटै गर्नका लागि प्रदेश नम्बर ३ को काठमाडौं क्षेत्र नं. ८ ‘क’ बाट निर्वाचित सांसद राजेश शाक्यको अध्यक्षतामा हालै मात्र ५१ सदस्यीय ‘काष्ठमण्डप पुनर्निर्माण समिति’ गठन गरिएको छ ।

यो समितिलाई आवश्यक सहयोगका लागि काठमाडौं महानगरपालिका का मेयर बिद्यासुन्दर शााक्यको अध्यक्षतामा एउटा निर्देशक समिति गठन गरिएको छ भने काष्ठमण्डप प्रति सबैको अपनत्व भावना विकास गर्न समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरूको एउटा संरक्षक समिति पनि गठन गरिएको छ ।

३१ गते कार्य आरम्भ भएपछि आगामी साढे ३ वर्षभित्र हाम्रो मौलिक परम्परागत बिधिद्वारा नै दिगो हुने गरी काष्ठमण्डपको निर्माण सम्पन्न गर्ने योजना राखिएको छ ।

साथै हाल अलपत्र अवस्थामा रहेका काष्ठमण्डपका काठहरूलाई सुरक्षित गर्न आजबाट लगातार ३ दिन स्वयंसेवीहरूले श्रमदान गर्ने कार्यक्रम छ ।

यी सबै काठहरूको नापनक्शा सहितको लगत राखी घाम-पानीबाट बचाउने र पुनः प्रयोगमा ल्याउन सकिने सबै काठहरू पुनर्निर्माणमा प्रयोग गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment