Comments Add Comment

काठमाडौं आइपुगे मोदी, परराष्ट्रमन्त्री ज्ञवालीको स्वागत

२७ वैशाख, काठमाडौं । नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आइपुगेका छन् ।

जनकपुरबाट काठमाडौं आएका मोदीलाई त्रिभुवन विमानस्थलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले स्वागत गरे ।

मोदी शुक्रबार विहान पटनाबाट जनकपुर आएका थिए । त्यहाँ उनले जानकी मन्दिरमा पूजाअर्चना गरेका थिए । मोदीको नागरिक अभिनन्दन पनि गरिएको छ ।

मोदी हायात होटलमा बस्नेछन् । साथै, सैनिक मञ्च टुँडिखेलमा गार्ड अफ अनर प्रदान गरिनेछ ।

मोदीले आजै राष्ट्रपति र उपराष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्नेछन् भने नेपाली समकक्षी केपी शर्मा ओलीसँग साँझ द्वारिकाज होटलमा भेटवार्ता गर्नेछन् ।

भेट लगतै दुई प्रधानमन्त्री मोदी र ओलीले अरुण तेस्रोका स्वीच थिचेर उद्घाटन गर्नेछन् ।

तस्वीरहरूः चन्द्र अाले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment