Comments Add Comment

मेगा र टुरीजम डेभलपमेन्ट बैंकको एकिकृत कारोबार सुरु

चुक्ता पूँजीमा तेस्रो ठुलो बैंक बन्यो मेगा


३० वैशाख, काठमाडौं । मेगा बैंक र टुरीजम डेभलपमेन्ट बैंकले एकिकृत कारोबार सुरु गरेका छन् । दुवै बैंक एकापसमा गाभिएर आइतवार देखि मेगा बैकको नामबाट कारोबार सुरु गरेका हुन् ।

नेपाल राष्ट्र्र बैंकले ९ वैशाख र कम्पनी रजिष्ट्रारको कार्यालयले १२ वैशाखमा यी दुवै बैंकलाई एकीकृत कारोबार गर्न अनुमति दिएका थिए ।

एकिकृत कारोबार सुरु भएसँगै मेगा बैक चुक्ता पूँजीको आधारमा तेस्रो ठूलो बैंक बनेको छ ।

बैंककी प्रमुख कार्यकारी अधिकृत (सिईओ) अनुपमा खुन्जेलीले दिएको जानकारी अनुसार अब मेगा बैंकको चुक्ता पूँजी ९ अर्ब २८ करोड रुपैयाँ पुगेको छ । मेगा बैंकको ७ अर्ब ३८ करोड रुपैयाँ र टुरीजम डेभलपमेन्ट बैंकको १ अर्ब ९१ करोड रुपैयाँ जोड्दा चुक्ता पूँजी ९ अर्ब २८ करोड पुगेको खुन्जेलीले बताइन् ।

टुरिजम डेभलपमेण्ट बैंकको १ कित्ता शेयर हुने शेयरधनीलाई गाभिएपछि मेगा बैंकको ०.९५ कित्ता शेयर प्रदान गर्ने गरी शेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) निर्धारण गरिएको छ ।

मेगा बैंकको यो दोस्रो मर्जर हो । यसअघि मेगा बैंकसँग बुटवलमा केन्दि्रय कार्यालय रहेको पश्चिमाञ्चल डेभलपमेन्ट बैंक गाभिएको थियो ।

एकिकृत कारोबार सुरु भएसँगै मेगा बैंकको शाखा संख्या ९१ पुगेको छ । यसअघि मेगाका ५५ र टुरीजमका ३६ गरि कुल ९१ शाखा पुगेको हो ।

अबको दुई सातापछि यी दुवै बैंकको सेयर कारोबार पनि सुरु हुनेछ । बैंकको रेमीट केन्द्र १८ सय रहेका छन् ।

बैंकको ग्राहक संख्या ५ लाख पुगिसकेको खुन्जेलीले बताइन् ।

मर्जरपछि बैंकको निक्षेप ५७ अर्ब ५५ करोड रुपैँया पुगेको छ भने कर्जा ५५ अर्ब ७० करोड रुपैँया कायम भएको छ । मेगा बैंकको देशभर ७४ वटा एटीएम सञ्जाल र ५८ वटा शाखारहित केन्द्रहरू सञ्चालनमा छन् भने थप ६१ वटा केन्द्र स्थापना गर्ने प्रक्रियामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment