Comments Add Comment

निर्माता ज्यू, अब हलबालालाई ६० प्रतिशतको ललिपप देखाउन छोड्ने कि ?


चलचित्र निर्माता संघ र चलचित्र संघका प्रतिनिधीले आइतबार राती ११ बजेसम्म बार्तामा बसेर सहमति जुटाए । उक्त सहमतिसँगै निर्माता संघले जेठ १ गतेबाट गर्ने भनेको आन्दोलन पनि स्थगित भएको छ ।

विशेषगरी, शेयर बाँडफाँडको बिषयमा निर्माताहरुले हलवालाहरुसँग असन्तुष्टी जनाएका थिए । उनीहरुले आफ्ना फिल्मबाट निर्माताले कम शेयर पाएको भन्दै आन्दोलनको चेतावनी दिएका थिए ।

नयाँ सहमतिअनुसार अब निर्माताले सिंगल हलबाट ५० प्रतिशत शेयर पाउनेछन् भने मल्टिप्लेक्समा हरेक हप्ता क्रमशः ५०, ४५, ४० र ३५ प्रतिशत शेयर पाउनेछन् ।

तर, निर्माताहरुले शेयर प्राप्त गर्ने बिषयमा निर्माता संघले बार्ताबाट सहमती गर्दै गर्दा धेरैजसो सिंगल हललाई विगार्ने पनि तीनै निर्माता रहेको कुरालाई बिर्सन हुँदैन । निर्माताहरुले हललाई ललिपप देखाउँदै शेयरमा बार्गेनिङ गर्ने गरेका छन् । विशेषगरी आशा कम गरिएका चलचित्र र ३ वटा चलचित्र जुध्दा यस्तो खालको बार्गेनिङ धेरै हुन्छ ।

‘मेरो चलचित्रलाई ठूलो हल दिनुहोस् । बरु, तपाइहरु ६० प्रतिशत शेयर राख्नुहोस्’ भन्दै निर्माता हलवालाहरुसम्म पुग्ने गरेका छन् । गोपिकृष्ण हलका म्यानेजर प्रदिप दाहालले भने-‘विशेषगरी, ३ वटा चलचित्र जुध्दा यस्तो कुरा लिएर निर्माता आउँछन् । ६० प्रतिशत उनीहरु पहिलो सातामा नै हललाई दिन तयार हुन्छन् ।’

यस्तै, वितरक गोपाल कायस्थ भन्छन्-‘यस्तो समस्या निर्मातामा खुबै छ ।’ विशेषगरी, आशा कम गरिएका चलचित्रका निर्माताहरुले यस्तो प्रस्ताव लिएर आउने गरेको उनले बताए । निर्माताले यस्तो अफर गर्न थालेपछि हलवालाहरुले पनि अन्य चलचित्रसँग यस्तै बार्गेनिङ गर्ने गरेको उनले बताए ।

जब ३ वटा चलचित्र जुध्छन्, निर्मातामा अरुको चलचित्र भन्दा धेरै कमाएको देखाउने लोभ पलाउँछ । धेरै निर्माता अर्को चलचित्रले ८ हजार कमाउँदा आफ्नो चलचित्रले १० हजार कमाएर नै दंग पर्छन् । जसले गर्दा उनीहरु हलवालालाई शेयरमा ललिपप बाँड्न तयार हुन्छन् ।

निर्माता संघले शेयर बाँडफाँडको बिषयमा सहमती गर्दै गर्दा यस्तो अफर लिएर हलवालाको मन भाँड्न खोज्ने निर्मातालाई कारवाही गर्न जरुरी छ । होइन भने, यस्तै निर्माताले गर्दा फेरि गरिएको सहमती विस्तारै बिथोलिन पनि बेर लाग्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment