Comments Add Comment

‘पण्डित बाजेको लौरी’मा बिजय र सन्ध्या ‘बादी-बदिनी’


चलचित्र ‘पण्डित बाजेको लौरी’को रमाइलो टिजर सार्वजनिक भएको छ । दुइअर्थी शब्द प्रयोग गर्दै चलचित्रको टिजर तयार पारिएको छ । दिपक ओलीको निर्देशनमा तयार भएको यो चलचित्रले एउटा सानो गाउँ भित्र पण्डित्याइको भिन्न भिन्न काम गर्ने पण्डितहरुको कथालाई उठान गरेको छ । बादी जातीको कथालाई चलचित्रले प्रस्तुत गरेको निर्देशक ओलीले बताए ।

चलचित्रमा बिजय बराल र सन्ध्या केसी ‘बादी र बदिनी’को भूमिकामा देखिएका छन् । बादीले जिवनयापन गर्नका लागि मादल बनाउँछन् भने बदिनीले आफ्नो शरीर बेच्ने गरेका छन् ।

तल्लो जान भनेर समाजले हेप्ने गरेकी बदिनी र समाजको ठूलो जात पण्डितबिचको सम्बन्धलाई चलचित्रले प्रस्तुत गरेको निर्देशकको भनाई छ । अधृत फिल्मस्को प्रस्तुतिमा तयार भएको चलचित्रलाई थमनकुमार भण्डारी र किशोर खड्काको लगानी छ । चलचित्रमा भोलाराज सापकोटा, प्रविन खतिवडा, बिजय बराल, प्रमोद अग्रहरी, मरिष्का पोख्रेल, सन्ध्या केसी, लोकेन्द्र बीक, बिशाल पहारी, कुलदिप अधिकारी मुख्य भूमिकामा छन् ।

यो चलचित्रमा महेश दवाडीको कथा, पटकथा तथा संवाद, विदुर गिरीको छायांकन, मित्र डी गुरुङको सम्पादन, विक्रम स्वाँर र दीपकमान सिंहको कोरियोग्राफी, श्रीकृष्ण बम मल्ल र अमित श्रेष्ठको संगीत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment