Comments Add Comment

अपडेटः मकालु एयरको विमान अझै बेपत्ता, एटीसी भन्छ–बाजुरामा भेटिएको सूचना गलत रहेछ


२ जेठ, काठमाडौं । सुर्खेतबाट सिमिकोटका लागि उडेर बेपत्ता मकालु एयरको विमान अझै भेटिएको छैन ।

यसअघि विमान बाजुरामा भेटिएको खबर आएको थियो । तर, यो सूचना गलत भएको पाइएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।

बुधबार बिहान ६ः५५ बजे कार्गो सामान लिएर उडेको मकालु एयरको विमान सम्पर्कविहीन भएको थियो । विमानमा चालक दलका २ सदस्य मात्र छन् । विमान ७ः५५ मा सिमकोट पुग्नुपर्ने भए पनि अहिलेसम्म सम्पर्कमा छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment