Comments Add Comment

सारिकाको ‘कन्फ्यूजन’


नायिकाबाट गायिकाको समेत परिचय बनाइसकेकी सारिका घिमिरेको आवाजमा नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । ‘कन्फ्यूजन’ बोलको गीतमा सारिका र ध्रुव विश्कोको स्वर छ । अभिनास थापाको शब्द र भीम बीसीको संगीत गीतमा छ ।

भिडियोमा चपुर हिरोज क्रियुको र केवीका खत्रीका साथै सारिका र ध्रुवलाई फिचरिङ गरिएको छ । चपुर हिरोज क्रियु र केवीको अभिनयले गीतको भिडियो राम्रो बनेको छ । राज खत्रीको निर्देशन रहेको गीतको भिडियोलाई जनकराज अधिकारीको छायांकन गरेका हुन् ।

नायिका सारिका चलचित्रको यात्रामा पनि सक्रिय छिन् । साथै, उनले म्यूजिक भिडियोमा मोडलिङ र गायिकाको पेशालाई पनि अगाडि बढाइरहेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment