Comments Add Comment

अखिल भारतवर्षीय माहेश्वरी महासभाको पंचम कार्यसमिति बैठक काठमाडौंमा

६ जेठ, काठमाडौं । विश्वभरका माहेश्वरी बन्धुहरुको छाता संगठन अखिल भारतवर्षीय माहेश्वरी महासभाको २८ औं सत्रको पंचम कार्यसमिति बैठक “माहेश्वरी अन्तर्राष्ट्रीय समागम” माहेश्वरी सदन कमलपोखरी नक्सालमा भइरहेको छ ।

“माहेश्वरी अन्तर्राष्ट्रीय समागम”को उद्घाटन शनिबार उपराष्ट्रपति श्री नन्दबहादुर पुनले गर्ने गरे । उक्त समारोहको विशिष्ट अतिथिमा भारतका राजदुत महामहिम मंजीव सिंह पुरी थिए ।

नेपाल राष्ट्रिय मारवाडी परिषदका अध्यक्ष पवन मित्तल र अखिल भारतवर्षीय माहेश्वरी महासभाका सभापति श्याम सुन्दर सोनी छन् । नेपाल माहेश्वरी परिषद (नेपाल चैप्टर)को संयोजन र माहेश्वरी समाज काठमाडौंको आतिथ्यतामा “माहेश्वरी अंतर्राष्ट्रीय समागम” सुसम्पन्न हुने भएको छ ।

उक्त कार्यक्रम अखिल भारतवर्षीय माहेश्वरी महासभाको कार्यसमितिको नियमित बैठक अन्तर्गत २८ औं सत्रको पाँचौ कार्यसमिति बैठकको रुपमा भयरहेको र कार्यक्रमको प्रमुख उद्देश्य विश्वभर रहेका माहेश्वरी बन्धुहरुलाई एकै छातामुनी संगठित गराउनु रहेको छ । कार्यक्रममा विश्वभर रहेका माहेश्वरी बन्धुहरुको उपस्थिति रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment