Comments Add Comment

गण्डकी विकास बैंकको नेपालगञ्ज शाखाको औपचारिक उद्घाटन

६ जेठ, काठमाडौं । गण्डकी विकास बैक नेपालगञ्ज शाखाको औपचारिक उद्घाटन आज बैकका अध्यक्ष जगनबहादुर गुरुङ्गले एक समारोहका विच गरेका छन् । सो अवसरमा अध्यक्ष जगनबहादुर गुरुङ्गले गण्डकी विकास बैक एक सवल र सक्षम विकास वैक भएको र सदैव उत्कृष्ट नतिजा हासिल गर्न सफल भएकोमा सवैलाइ धन्यवाद दिए । बैंकले आगामी दिनहरुमा पनि सम्भाव्य ठाउँहरुमा थप शाखा विस्तार गर्दै लगिने बताए ।

कार्यक्रमको अध्यक्षता ग्रहण गर्दै बैकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले यही जेष्ठ २५ गते सम्पन्न हुने वाषिर्क साधाराण सभाले पारित गरेपश्चात चुक्ता पँूजीमा सवै भन्दा ठूलो विकास बैक हुने बताए ।

कार्यक्रमा उनले समग्र बैंकको वित्तीय सुचाकाङ्क, वैकले प्रदान गर्ने सेवा/सुविधा, बैंकका गतिविधि र भावी कार्यक्रम बारे जानकारी गराए । सो कार्यक्रममा नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य, नेपाल राष्ट्र बैकका उपनिर्देशक कमल प्रकाश कालाथोकीले शुभकामना मन्तव्य दिए ।

स्वागत मन्तव्य राख्दै बैकका संचालक बासुदेव त्रिपाठीले वैकका विविध पक्षको वारेमा प्रकाश पारे । उक्त कार्यक्रमको संचालन वुटवल रिजनका क्षेत्रीय प्रमुख मिलन कुमार पुनले गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment