Comments Add Comment

मेलबर्नको आरजीआइटीको नेपालमा सूचना शृङखला

मेलबर्न / अस्ट्रेलियाको मेलबर्नमा रहेको रोयल गोर्खज इन्स्टिच्युट अफ टेक्नोलोजी नामक शैक्षिक् संस्थाले नेपालका विभिन्न सहरमा ‘लिभिङ एन्ड स्टडी इन अस्ट्रेलिया’ नामक दुइ हप्ते सूचनामुलक शृङखला संचालन गरेको छ ।

मे महिनाको १० तारिखबाट सुरु भएको उक्त शृंखला मंगलबारसम्म चल्ने छ । उक्त संस्थाका मार्केटिंग हेड किशोर अधिकारिले अनलाइनखबरलार्इ दिएको जानकारी अनुसार यसअघि पोखरा, बुटबल, नारायणगढ, हेटौडा, बिर्तामोड, इटहरी र बिराटनगरमा कार्यशालाहरु सम्पन्न भएका छन् ।

ती कार्यशालाहरुमा आरजीआइटीका मार्केटिङ तथा कम्युनिकेसन अफिसर जीव पिंदरले अस्ट्रेलियामा बसाइ तथा अध्ययन बारे विद्यार्थी तथा एजेन्टहरुलार्इ जानकारी दिइरहेका छन् ।

मंगलबार काठमाडाैंमा अन्तिम शृंखला संचालन हुने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment