Comments Add Comment

१० वर्षमा प्रतिब्यक्ति विद्युत खपत १३ गुणा बढाउने लक्ष्य


७ जेठ काठमाडौं । सरकारले प्रतिब्यक्ति विद्युत् खपतलाई आगामी १० वर्षमा भित्रमा प्रतिब्यक्ति १५ सय युनिट (किलोवाट घन्टा) पुर्‍याउने भएको छ ।

अहिले प्रतिब्यक्ति खपत १ सय १० युनिट रहेको छ । सरकारी लक्ष्य पुरा भएमा १० वर्षमा १३ गुणा विद्युत खपत बढ्नेछ ।

यसअघि जलस्रोत उर्जा तथा सिचाँइ मन्त्रालयले आगामी ५ वर्षभित्र ७ सय युनिट बनाउन लक्ष्य लिएको थियो ।

सोमबार सार्वजनिक भएको सरकारको नीति तथा कार्यक्रममा प्रतिब्यक्ति विद्युत खपत बढाउन घरायसी, सार्वजनिक एवम् निजी संस्था, यातायात र औद्योगिक क्षेत्रमा प्रयोग भइरहेका ऊर्जाका अन्य स्रोतहरुलाई विद्युत ऊर्जाले प्रतिस्थापन गर्ने गरी आवश्यक नीतिगत तथा कानूनी व्यवस्था गर्ने उल्लेख गरिएकेा छ ।

विद्युत ऊर्जा बढी खपत गर्ने उद्योग स्थापनालाई सरकारले प्राथमिकतामा राख्ने भएको छ । साथै विद्युतीय सवारी साधनहरु सञ्चालनलाई पनि सरकारले प्राथमिकतामा राख्ने भएको छ ।

त्यसैगरी पूर्वपश्चिम राजगमार्गमा ७ सय ६५ केभिको राष्ट्रिय प्रसारणलाइनको निर्माण गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment